बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डडेल्धुरामा डा.केसीको सर्मथनमा उर्लियो जनसागर

डडेल्धुरामा डा.केसीको सर्मथनमा उर्लियो जनसागर

  • शुक्रबार, कार्तिक २२, २०७६
डडेल्धुरामा डा.केसीको सर्मथनमा उर्लियो जनसागर

डडेल्धुरामा प्रा डाक्टर गोविन्द केसीको सत्याग्रहको समर्थनमा दबाब र्‍याली निकालिएको  छ। शुक्रबार पेशाकर्मी एवं व्यवसायिक संघसस्थाहरुको अगुवाइमा सदरमुकामको बसपार्कबाट डा. केसी असननरत स्थलसम्म उनको माग सम्बोधन गराउन दबाब र्‍याली निकालिएको हो ।

‘डाक्टर गोविन्द केसीले राखेका सम्पुर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागी निर्णय गर तथा डा. केसीको जिवनको रक्षा गर’ लगायतका नारा लगाएर उनिहरु सडकमा उत्रिएका छन।

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्दै दाबाबमुलक र्‍याली निकालिएको र्यालीमा सहभागि पदमा गुरुङले बताइन। उनिहरुले जिल्ला प्रशासन अगाडी समेत नाराबाजी गरेका थिए।

र्‍यालीमा सुदूरपश्चिम प्रदेशका सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल पनि सहभागी थिए । बिहिबार पनि नागरिक समाजको अगुवाइमा उक्त र्‍याली निकालिएको थियो । 

प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखिे १७ औं चरणको सत्याग्रह सुरु गरेका छन । उनको सत्याग्रह आज पाचौँ दिन पनि जारी छ। जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा डाक्टर केसीले सत्याग्रह जारी राखेका छन्।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार