शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • ‘गो ब्याक इन्डिया’ भन्दै सत्तारुढ दलकै विद्यार्थी सडकमा

‘गो ब्याक इन्डिया’ भन्दै सत्तारुढ दलकै विद्यार्थी सडकमा

  • बुधबार, कार्तिक २०, २०७६
‘गो ब्याक इन्डिया’ भन्दै सत्तारुढ दलकै विद्यार्थी सडकमा

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै राजधानीमा प्रदर्शन गरेको छ । भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको हो ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोध र्‍याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’, कालापानी हाम्रै हो’, ‘हाम्रो भूमि फिर्ता गर’ लगायतका नारा लगाएका थिए ।  कोणसभालाई अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गरेका थिए । उनीहरुल भारतले सारेको नयाँ नक्सा सच्याउन चेतावनी समेत दिए ।

भारतले पटकपटक नेपालमाथि दादागिरी देखाउँदै आए पनि पछिल्लो पटक नेपाली भूमि नै आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियुका नेता विजय गौतमले बताए । यो हाम्रो आकस्मिक प्रदर्शन हो’, गौतमले भने, ‘सरकारलाई कूटनीतिक माध्यमबाट यो समस्याको हल खोज्नका लागि घच्घच्याउन प्रदर्शन गरेका हौँ ।’

चर्चामा

सम्बन्धित समाचार