• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • यसरी बितरण भयो १६ एम्बुलेन्स

यसरी बितरण भयो १६ एम्बुलेन्स

  • बुधबार, कार्तिक २०, २०७६
यसरी बितरण भयो १६ एम्बुलेन्स

सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ ।
सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता  खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो  ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेकका सुविधा नभएको अवस्थामा प्रदेश सरकारले हस्तान्तरण गरेको १६ वटा एम्बुलेन्समा  एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधवार सामाजिक विकास मन्त्री कृष्ण सुबेदीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

 

 

चर्चामा

सम्बन्धित समाचार