• होमपेज
  • बडिमालिका
  • जीवनउपयोगी प्रशिक्षण सम्पन्न

जीवनउपयोगी प्रशिक्षण सम्पन्न

  • मङ्लबार, कार्तिक १९, २०७६
जीवनउपयोगी प्रशिक्षण सम्पन्न

बाजुरा १९ कात्तिक — परम्परागत उपचार पद्दति र स्वास्थ्यवर्धक खानपान शैली बिषयक जीवन उपयोगी सम्बन्धि प्रशिक्षण तालिम बाजुरा जिल्लाको सदरमुकाम मार्तडी सम्पन्न भएको छ । बडिमालिका नगरपालिकाको आयोजना र पाथीभरा आयुर्वेदिक अस्पताल काठमाण्डौं संगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा घरेलु रोगको प्रकृति तथा घरेलु उपचार विधि र सावधानीका बिषयमा छलफल गरिएको थियो । खानपिनका बिषयमा आयुर्वेदिक उपचारका सवालमा कार्यक्रम केन्द्रित बनेको थियो । बडिमालिका नगरपालिकाका उपप्रमुख कविता बिष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पाथीभरा आयुर्वेदिक अस्पताल काठमाण्डौ अध्यक्ष डाक्टर विपी तिमिल्सेना र प्रविधि विज्ञ डाक्टर कपिल पौडेलले जीवन उपयोगी सम्बन्धि प्रशिक्षण दिएको बडिमालिका नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । कार्यक्रममा सहभागीहरुले प्रशिक्षण कार्यक्रम अति महत्वपूर्ण र सिक्न लायक र फलदायी भएको कार्यक्रमका सहभागीले बताएका छन् । एक दिने प्रशिक्षण कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी बडिमालिका नगरपालिकाका स्थानिय पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार