• होमपेज
  • बडिमालिका
  • असिना पानीले अन्नबाली नष्ट

असिना पानीले अन्नबाली नष्ट

  • मङ्लबार, कार्तिक १९, २०७६
असिना पानीले अन्नबाली नष्ट

बाजुरा १९,कार्तिक — बाजुराको बडीमालिका नगरपालिका–१ मा सोमबार बेलुकी आएको असिना पानीले पाक्न लागेको अन्नबाली,तरकारी र फलफुल खेतीमा क्षती पु¥ाएको स्थानीय कृषक हर्कबहादुर कार्कीले बताएका छन् ।
उनले सोमबार दिउँसो ४ः०० बजे आएको असिना पानीले पाक्न लागेको कोदो,फापर,धान र सुन्तला,केरा र तरकारी बालीमा क्षती गरेको कार्कीले जानकारी दिए ।
कार्कीले दिएको जानकारी अनुसार वडाको पिनालेख,पाटा,नुवाकोट र सल्लेनाका करिव ११ सय कृषकको अन्नबाली तथा फलफुल र तरकारी बाली नष्ट गरेको बताए ।
वर्षभरी मेहनत गरी लगाउको बाली पाक्न लागेको बेला असिना पानीले नष्ट पारेपछि घर के भित्र्याउने भन्ने चिन्ता बढेको कार्कीले दुखेसो गरे । लगाएको खेती क्षती भएपछि आफु र छोराछोरीलाई पाल्न दैनिक ज्याला मजुदरी गर्न भारतमा जानुपर्ने अवस्था आएको कार्कीले भने ।
बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टले क्षतीको यथार्थ विवरण आएपछि नियम अनुसार राहत दिने बताइन् । नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोष अनुसार कृषकको क्षतीको अवस्था हेरी राहतका लागि पहल गर्ने नगर उप–प्रमुख विष्टले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार