• होमपेज
  • बडिमालिका
  • मछाइना खानेपानी याेजनाकाे अनुगमन गरियो

मछाइना खानेपानी याेजनाकाे अनुगमन गरियो

  • मङ्लबार, कार्तिक १९, २०७६
मछाइना  खानेपानी याेजनाकाे अनुगमन गरियो

बाजुरा १९ कार्तिक —  बडिमालिका नगरपालिका ९ चौराटामा रहेकाे मछाइना खानेपानीको अनुगमन गरिएको छ । केही संचार माध्यायममा जर्किनबाट पाइपमा पानी हालेर खानेपानी उद्धघाटन गरिएको समाचार पश्चात अख्तीयार दुरुपयोग अनुसन्धन आयोगको ध्यान गएको र बडिमालिका नगरपालिकालाई पत्रचार आएपछी बडिमालिका नगरपालिकाको टोलीले अनुगमन गरेको हो ।
बडिमालिका नगरपालिका नगर उपप्रमुख कबिता बिष्टको संयोजकत्वमा उक्त टोलीले अनुगमन गरेको बडिमालिका नगरपालिकाका कर्मचारी बिरबहादुर बिष्टले बताएका छन् । अनुगमन मा बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, वडा नम्मर ९ का वडा अध्यक्ष बिनोद कुमार बिक, वडा नम्मर १ का वडाअध्यक्ष राम बहादुर कार्की, नेपाल पत्रकार महासघं बाजुरा शाखा अध्यक्ष प्रकाश सिहं, नगरपालिकाका कर्मचारी बिर बहादुर बिष्ट सुचना अधिकृत हेम थापा र बृहत मार्तडी खानेपानीका ब्यबस्थापक कर्ण रावल सहितको टोलीले अनगुमन गरिएको बिष्टले बताएका छन् ।


केही महिना अगाडी केही अनलाइनमा आएको समाचारलाई कोड गरि आएको पत्रलाई ध्यानमा राखी सरोकारवालाको टोलीले अनुगमन गरिएको टोलीका प्रमुख तथा बडिमालिका नगरपालिकाका उपप्रमुख कबिता बिष्टले बताईन । जस्तो समाचार आएको थियो त्यस्तो नभएको र सो खानेपानी आयोजनाको कुनै औपचारीक उद्धघाटन समेत गरेका थिएनौ र आजको यो सर्बपछिय अनुमनले पनी प्रष्ट हुन्छ उपप्रमुख बिष्टले बताइन ।


खानेपानीको धारामा पानी आउने तर तर धेरै समयमा नआउने भएको स्थानीयले बताएका छन् । बिहान ७ बजेदखी ८ बजे र बेलुका ६ बजेदेखी ७ बजे सम्म मात्र पानी आउने गरेको स्थानीयले बताएका छन् । धोरै समय पानी आउछ त्यसले यती धेरै ठुलो समुदायमा पुग्दैन पानी धारामा आउछ तर कम समय मात्रै आउनाले कुनै परिवारले भरेको ग्राग्राको पानी बाडेर खानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो रहेको छ । यता बृहत खानेपानीका प्रतिनिधी कर्ण रावलले भने बजारमा जतिबेला पानी छोडछौ त्यहीबेला यता पनी पानी आउछ तर हामीले बजारलाई केन्द्रीत बितरण भन्दा गाउँमा फरक तरिकाले पानी उपलब्ध गराउनुपर्ने रहेको बताएका छन् । यसको समाधानको लागि बृहत खानेपानी उपधोक्ता समितीको तत्काल बैठक बसाएर पानीको समाधान गर्ने बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकले बताए । पहिला जुन अनलाईनमा समाचार आएको छ त्यो सत्य नभएको र पानी आएको तर बजारको तुलनामा गाउँमा पानी नपुग्ने समस्या रहेकोले यसको तत्काल समाधान गर्ने वडाअध्यक्ष बिकले बताए ।
गाँउमा मान्छे लगायत गाईबस्तुलाइ समेत पानीको आबस्यक रहेकोले बजारको तुलनामा गाउँमा पानी एक घण्टा बढि दिनुपर्ने माग सहित स्थानीयको गुनासोलाई समाधान गर्ने बडिमालिका नगरपालिका उप्रमुख कबिता बिष्टले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार