• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुरुङमा चार कामदार फसे, उद्धारकालागि काठमाडाैबाट सेना लगियाे

सुरुङमा चार कामदार फसे, उद्धारकालागि काठमाडाैबाट सेना लगियाे

  • सोमवार, कार्तिक १८, २०७६
सुरुङमा चार कामदार फसे, उद्धारकालागि काठमाडाैबाट सेना लगियाे

बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् ।

आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरूको अवस्था जोखिम रहेको प्रहरीले जनाएको छ । काम गर्न सुरुङ भित्र गएका बेला अक्सिजन नभए पछि उहाँहरू बेहोस भएको डिएसपी गणेशबहादुर बमले बताउनुभयो ।

उहाँहरू सँगै गएका दुई जना कामदार भने फर्कन सफल भएका थिए । चार जनाको अवस्था भने अज्ञात रहेको डीएसपी बमले बताउनुभयो ।

  सुरुङ भित्र फसेकाहरूमा दैलेख जिल्ला गुराँस गाँउपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिया महेन्द्र शाही, सो गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ बर्षिया महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ बर्षिया शेर सिहँ धामी रहेको प्रहरी नायब उपरिक्षक बमले जानकारी दिनुभयो ।

घटना भएको जानकारी पछि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहित नेपाली सेना सशत्र प्रहरी र नेपाल प्रहरी सहितको टोल घटनास्थलतर्फ गएको छ । आठ सय मिटर लम्बाईकाे सुरुङ भएकाले त्यहाँ भित्र अक्सिजनको पनि अभाव भएको हुँदा उद्धार गर्न पनि समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार सुरुङ भित्र फसेका कामदारहरु निकाल्नका काठमाडाै बाट हेलीकोप्टरमा नेपाली सेनाको टोली घटना स्थलमा पुगी उद्धारका लागि थप पहल भै रहेको बताउनुभयो ।

गाेरखापत्र अनलाइनबाट शाभार 

चर्चामा

सम्बन्धित समाचार