• होमपेज
  • बडिमालिका
  • राम्रो काम गरेको भन्दै स्थानीयद्धारा ठेकेदार सम्मानित

राम्रो काम गरेको भन्दै स्थानीयद्धारा ठेकेदार सम्मानित

  • सोमवार, कार्तिक १८, २०७६
राम्रो काम गरेको भन्दै स्थानीयद्धारा ठेकेदार सम्मानित

बडिमालिका समाचार
बाजुरा १८ कार्तिक । राम्रो काम गरेको भन्दै बाजुरा जिल्लाको सदरमुकाम भित्र रहेको रिङरोडको काम गर्ने ठेकेदारलाई स्थानीयले सम्मान गरेका छन् ।
किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीका संचालक ठेकेदार भुवन राईलाई मार्तडी बजारबासीले सम्मान गरेको सदरमुकाम मार्तडीको सुन्दरटोल समितिका अध्यक्ष रामचन्द्र यादवले बताए । हाम्रै घरछेउ हुदै गएको सडकमा गुणस्तरयुक्त पक्की सडक बनाउने एक अशल ठेकेदार हामीले भेटायौ त्यसैले टोलबासीले सम्मान गरेको अध्यक्ष यादवले बताए ।
ठेकेदारलाई सम्मान गरेको यो बाजुरा जिल्लामा पहिलो पटक हो । जिल्ला भित्र र जिल्ला बाहिरका धेरै ठेकेदार पुल बाटो सडक सरकारी भवन निर्माण गरेपनि जनताको साधारण आँखामा ठेकेदार किरातेश्वर कन्ट्रक्सन एक उदाहरण बनेको नागरिक समाजका अगुवा दयाराम पण्डितले बताए । धरान जिल्लामा घर भएर बाजुरामा आई यति राम्रो काम गरेको स्तानीय शेर बहादुर खड्काले बताए । प्राबिधीक रुपमा कस्तो छ प्राबिधिकलाई जानकारी होला तर हामीले उँहाको काम राम्रो मानेर सम्मान गरेको खड्काको भनाई छ ।
किरातेश्वर कन्ट्रक्सन एण्ड डिलिन कम्पनीले सदरमुकाम मार्तडीको रिङरोड अन्तरगत जिल्ला बन कार्यालय देखी जिल्ला अस्पताल सम्म जोड्ने सडकको ठेक्का लिएको थियो । बडिमालिका नगरपालिका उपप्रमुख कविता बिष्ट राम्रो काम गर्नुका साथै समयमै काम सम्पन्न गरेकोमा ठेकेदारलाई बधाई समेत दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार