• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • पश्चिम तराईमा पनि छठको रौनक

पश्चिम तराईमा पनि छठको रौनक

  • आइतवार, कार्तिक १७, २०७६
पश्चिम तराईमा पनि छठको रौनक

छठ पर्वको रौनक पश्चिम नेपालको कञ्चनपुरको भीमदत्तनगर र धनगढीमामा पनि बढेको छ। तराईबासीले विशेष रुपमा मनाउने छठ पर्व कञ्चनपुर र कैलालीमा छरिएर रहेका तराईबासी पनि भीमदत्तनगरपालिका–६ को महाकाली सिँचाइको नहरमा र धनगढीको मोहना घाटमा हरेक वर्ष मनाउँदै आएका छन्।

हिजो साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्। कञ्चनपुरमा तराईबासीको बसोबास कम सङ्ख्यामा रहेपनि यहाँ रोजगारी, मजदूरी तथा व्यापारका लागि आएका तराईबासीले विगत केही वर्षयता छठ पर्व मनाउँदै आएका छन्। छठ पर्वका अवसरमा यहाँको नहरलाई दुलहीझैं सिङ्गारिएको छ।

छठको पूजाका लागि गहुँ र चामलको पिठोबाट विभिन्न प्रकारका गुलियो खाद्य सामग्री बनाइने गरेको भीमदत्तनगरका रामउद्धार ठाकुरले बताए। “भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन हुन्छ”, उनले भने, “तराईबासी जहाँ छरिएर रहेपनि परम्परागत पर्वलाई भने महत्व दिएर मनाउँदै आएका छन्।”

छठ पर्वमा व्रत बस्नाले पारिवारिक सुख पाइने, श्रीमान् र बालबालिकाको स्वास्थ्यलाभ तथा पुत्र लाभ हुने र छालासम्बन्धी रोगबाट मुक्त भइने जनविश्वसा रहिआएको ठाकुरले बताए। व्रतालुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्दै व्रतालुले दुवै हत्केलामा सिन्दुर र पिठार लगाएर अक्षेता फूल हाली अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गरेको आशादेवी ठाकुरले बताए।

“हामी काम र रोजगारीको क्रममा जहाँ गए पनि संस्कृति र रितिरिवाजलाई अङ्गाल्दै आएका छौँ”, उनले भने, “छठ भव्यरुपमा मनाउनु र यसको जर्गेना गर्नु सबैको साझा दायित्व हो।”

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार