• होमपेज
  • बडिमालिका
  • आलु महोत्सव अबधिमा गाडी भाडा घट्ने

आलु महोत्सव अबधिमा गाडी भाडा घट्ने

  • शनिबार, कार्तिक १६, २०७६
आलु महोत्सव अबधिमा गाडी भाडा घट्ने

बाजुरा १६ कार्तिक– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्मर ७ मा हुने आलु महोत्सवको अबधिभर भाडादर घट्ने भएको छ । जीप ब्यबासायी र ढम्कने कृषि सहकारीबिच भएको सम्झौता अनुसार कार्तिक २० गते देखी २२ गते सम्म भाडादर रु दुई सय हुने गरि कायम गरिएको ढम्कने कृषि सहकारी संस्था लि का अध्ययक्ष नर बहादुर रोकायाले बताएका छन् । जिल्लामा संचालन भएका सबै जिप ब्यवासायीहरुसंगको समन्वयअनुसार आलु महोत्सव अबधि सम्मका लागि आलु महोत्सवको अबलोकन गर्न जाने र आउनेका लागि सो भाडादर कायम गरिएको जिप ब्यबासायीहरुले बताएका छन् ।
मार्तडी देखी ढम्कने २ सय र कोल्टी देखी ढम्कने ४ सय भाडादर कायम गरिएको जिप ब्यबासायी सघं अध्यक्ष र ढम्कने कृषि सहकारी संस्था लि का अध्यक्ष बिच ४ बुदे हस्ताक्षर समेतको सम्झौता भएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।


यात्रुको चापलाइ मध्यनजर गर्दै स्वामीकार्तिक यातायात ब्यबासायी सघं जयमालिका यातायात प्रालीले थप गाडिको ब्यबस्था गरि सहुलीयत रु २५ सयमा मेला अबलोकन लागि रिर्जव समेत गर्न सकिने सम्झौतामा उल्लेख गरिएको छ ।
ढम्कने कृषि सहकारी सस्ंथाका अध्यक्ष नर बहादुर रोकाया, जयमालिका यातायात प्रालीका सल्लाहकार पृथ्वी रावत र स्वामिकार्तिक यातायात प्रालिका सदस्य लोकेन्द्र बोहाराको हस्ताक्षेरीत सम्झौतामा सो कुरा उल्लेख गरिएको छ ।
महोत्सवलाइ सफल पार्न पु¥याएको योगदानको उच्च मूल्याङकन गर्दै ब्यबासायी सघंलाइ मायाको चिनो र प्रशशां पत्र दिएर सम्मान गर्ने सो सम्झौतामा उल्लेख गरिएको छ । “आलुको उत्पादन , प्रसोधन र बजारीकरण हाम्रो अभियान, ढम्कनेको स्थानिय अर्गा्निक आलु बाजुराको पहिचान “ भन्ने मुल नाराका साथ २०७६ कार्तिक २० र २१ गते सुदुर पश्चिम प्रदेशमै पहिलो पटक बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ ढम्कनेमा संचालन हुने आयोजकले बताएको छ ।
सुदुरपश्चिम प्रदेशमै पहिलो पटक हुन गइरहेको महोत्सवको उद्धघाटन भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले गर्ने कृषि ज्ञान केन्द्र बाजुराका कृर्षि प्रसार अधिकृत तथा सुचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाको समन्वय तथा ढम्कने कृषि सहकारी संस्था लिको आयोजनामा हुने महोत्सवमा २ सय भन्दा बढि आलुका परिकार बनाउने आलु बिज्ञ कृष्ण कार्की र नेपाल कृषि अनुसन्धाने परिषद् ( नार्क)का आलु बिज्ञ डाक्टर कालिकाप्रसाद उपाध्याय लगायत कृषि निर्देशनालय दिपायलका यज्ञप्रसाद जोशी लगायत बिषिष्ठ पाहुनाहरु लगायत बिभिन्न बिधाका कलाकारहरुको समेत उपस्थिती रहने कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताएका छन्

चर्चामा

सम्बन्धित समाचार