• होमपेज
  • बाजुरा बिशेष
  • महेन्द्रनगरबाट बाजुरा अाउदै गरेकाे बस दुर्घटना ३० जना घाइते

महेन्द्रनगरबाट बाजुरा अाउदै गरेकाे बस दुर्घटना ३० जना घाइते

  • शनिबार, कार्तिक १६, २०७६
महेन्द्रनगरबाट बाजुरा अाउदै गरेकाे बस दुर्घटना ३० जना घाइते

१६ कात्तिक- डोटीमा बस  दुर्घटना भएको छ । महेन्द्रनगरबाट बाजुरा अाउदै गरेको महाकाली यातायातको रात्री बस डोटीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका वडा नम्वर १ भागेश्वर मन्दिर नजिक गेरुपानीमा ना ७ ख ६१८१ नम्वरको बस गएराती दुर्घटना भएको हो ।
दुर्घटनाको परी ३० जना घन्दा बढि घाईते भएका छन्। घाईते मध्ये केहीको अवस्था गम्भिर समेत रहेको प्रहरीले जनाएको छ। घाइतेको परिचय खुल्न सकेको छैन् । घाईतेहरुलाई सुजंग र शैलेश्वर अस्पतालमा पुगाईएको छ ।

बस सडकबाट  २५ मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार