शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बैतडीमा नेकपाबाट निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

बैतडीमा नेकपाबाट निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

  • बुधबार, कार्तिक १३, २०७६
बैतडीमा नेकपाबाट निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

बैतडीमा नेकपाबाट निर्वाचित भएका वडा सदस्यमाथि कुटपिट गरिएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ का सदस्य विरसिंह ठगुन्नामाथि गएराती कुटपिट गरिएको छ। ठगुन्नामाथि नेकपा प्रवेश गर्न उक्साएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ।

सोमबार घरमै प्रवेश गरी उनीमाथि काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको भन्दै कारवाहीको माग गरिएको छ। नेकपाले वडा सदस्यमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरेको छ। पाटन नगर कमिटीले आज प्रेस विज्ञप्ती जारी गर्दै कुटपिटमा संलग्न भएकाहरुलाई कारवाहीमो दायरामाख ल्याउन माग गरेको छ।

ईलाका प्रहरी कार्यालय पाटनले भने दुवै पक्षबिच विवाद हुदा कुटाकुट भएको जनाएको छ। ईप्रकाका प्रहरी सहायक निरिक्षक विरभद्र खडायतले दुवै पक्षबिच मदिरा सेवन गरेका बेला कुटाकुट भएको जानकारी प्राप्त भएपनि कारवाहीका लागि कुनै उजुरी नपरेको बताए।

चर्चामा

सम्बन्धित समाचार