• होमपेज
  • बडिमालिका
  • १५ हजार नगदसहित ५ जना जुवाडे पक्राउ ।

१५ हजार नगदसहित ५ जना जुवाडे पक्राउ ।

  • सोमवार, कार्तिक ११, २०७६
१५ हजार नगदसहित ५ जना जुवाडे पक्राउ ।

बडिमालिका समाचार
बाजुरा ११ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाजुराले आज दिउसो ५ जना जुवाडेलाई जिल्ला सदरमुकाम मार्तडीबाट पक्राउ गरेको छ । वडिमालिका नगरपारवािलका वडा नं ६ स्थित धामी होटलमा तास खेलीरहेको अवस्थामा नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्लाको छेडेदह गाँउपािलका वडा नं ६ का ५३ वर्षिय विरबहादुर रावत, सोही ठाँउका ४४ वर्षिय धनबहादुर रावत, वडिमालिका नगरपािलका वडा नं ८ का ४६ वषर््ािय हंसबहादुर नेपाली, गौमुल गाउँपालिका वडा नं २ का रामबहादुर रोकाया, बुढीनन्दा नगरपािलका वडा नं ९ का मार्तडी होटल संचालन गर्दै आएका चन्द्रसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साथै जुवाको खालबाट १५ हजार ४ सय ३० रुपैँया नगद पनि बरामद गरिएको प्रहरी प्रमुख भाटले बताउनुभएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार