शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अुसरक्षित भएको भन्दै मेडिकल कलेजका विधार्थी धर्नामा

अुसरक्षित भएको भन्दै मेडिकल कलेजका विधार्थी धर्नामा

  • आइतवार, कार्तिक १०, २०७६
अुसरक्षित भएको भन्दै मेडिकल कलेजका विधार्थी धर्नामा

वीरगन्ज : सुरक्षाको माग गर्दै वीरगन्जको नेशनल मेडिकल कलेजका विधार्थीले शनिवार कलेज अगाडि धर्ना दिएका छन्।

कलेजले लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग राख्दा कलेज व्यवस्थापनबाटै कुटिपिट गर्नुका साथै ज्यान मार्नेसम्मको धम्की आएको भन्दै सुरक्षाको माग गर्दै उनीहरुले कलेज अगाडि तीन घन्टा धर्ना दिएका हुन्।

बिहीबार दिउँसो र राति कलेजले खटाएको समूहले होस्टेल भित्र छिरेर ज्यान मार्नेसम्मको धम्की दिएपछि त्रसित विधार्थीले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर सुरक्षाको लागि गुहारेका थिए। शुत्रबार उनीहरुले वीरगन्जमा जुलुश निकालेर कलेज व्यवस्थापनविरुद्ध नाराबाजी पनि गरेका थिए।

कलेज व्यवस्थापनबाट परिचालित व्याक्तिबाट निरन्तर धम्की आइरहेकाले आफुहरुमाथि फेरि आक्रमण हुने त्रास भएकाले सुरक्षाको माग राख्दै कलेज अगाडि धर्ना दिएको धर्नामा बसेका एमबीबीएस पहिलो वर्षमा अध्ययनरत छात्र सुशान्त राजले बताए।

‘शुक्रबार प्रजिअलाई नै भेटेर हामीले सुरक्षाको लागि गुहार लगायौँ’, उनले भने, ‘तर अहिले पनि होस्टेल वरपर शंकास्पद गतिविधि देखा परिरहेकाले ढुक्क भएर बस्ने वातावरणे छैन।’

‘बाहिरका गुण्डा लगाएर हाम्रा छात्र साथीलाई कुटपिट गरियो, ब्वाइज होस्टेल भित्रै छिरेर ज्यान मार्ने धम्की पनि दिइएको छ’, एक छात्राले भनिन्, ‘हामीलाई होस्टल बस्न कठिन हुँदै गएको छ।’

अतिरिक्त शुल्कका नाममा आफूहरुबाट लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग धर्नामा बसेका विद्यार्थीको छ।

सरकारले तोकेको भन्दा बढी असुलेको शुल्क फिर्ता मागेकै कारण बिहीबार दिउँसो कलेज परिसरमै कुटिएका विधार्थीलाई कलेज व्यवस्थापनले खटाएका व्याक्तिहरुले राति होस्टेल भित्रै छिेर डरत्रास देखाएर धम्क्याएपछि विद्यार्थीले असुरक्षित रहेको महसुस गरेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले असन्तुष्ट विधार्थीको सुरक्षाको सवालमा स्थानीय प्रशासन र प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए।

शनिबार दिउँसो होस्टेलबाट आफूहरुलाई निस्किन नदिएको भनेर विधार्थीले फोनबाट खबर गरेपछि लगत्तै आफूले कलेजमा प्रहरीको टोली पनि पठाइ दिएको प्रजिअ भट्टराईले बताए।

विद्यार्थीको जायज माग सम्बोधन गर्न आफूले कलेज प्रशासनलाई निर्देशन दिएको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार