• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • भारतमा नेपालीलाई कुटपिट

भारतमा नेपालीलाई कुटपिट

  • आइतवार, कार्तिक १०, २०७६
भारतमा नेपालीलाई कुटपिट

धनगढी : सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा वनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले शनिबार दुर्व्यवहार गर्दै कुटपिट गरेका छन्। गौरीफन्टा वनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन्।

‘पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,’ प्रत्यक्षदर्शी पुष्पराज पाण्डेले भने, ‘सामानको मूल्यबारे विवाद भएपछि पसलेले कुटपिट गरेका हुन्।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले विष्टलाई कुटपिट गरिएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए।

सामान किनमेल गरी फर्किने नेपाली नागरिकलाई भारतीय बजार तथा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले रकम असुल्ने तथा कुटपिट र दुर्व्यवहार गर्दै आएका छन्।

चर्चामा

सम्बन्धित समाचार