• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • रहेनन् सुदूरपश्चिमबाट पहिलो पटक आईजीपी बनेका सिंह

रहेनन् सुदूरपश्चिमबाट पहिलो पटक आईजीपी बनेका सिंह

  • शुक्रबार, कार्तिक ८, २०७६
रहेनन् सुदूरपश्चिमबाट पहिलो पटक आईजीपी बनेका सिंह

बझाङ, ८ कात्तिक- सुदूरपश्चिमबाट पहिलो पटक आईजीपी बन्नुभएका हेमवहादुर सिंहको निधन भएको छ । बिहिवार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा ८३ बर्षीय पूर्व प्रहरी महानिरिक्षक (आईजीपी) सिंहको निधन भएको हो ।
फोक्सोको विरामीले सिंह अस्पताल भर्ना भएका उहाका भाई बलेन्द्र वहादुर सिंहले जानकारी दिनुभयो ।
। बझाङ बुंगलका सिंह २०४३ सालदेखि २०४७ सम्म करीब चार वर्ष प्रहरी महानिरीक्षक रहनुभएका थिए।
उहाँको काठमाडौ महागरपालिका वडा नम्वर ४ महाराजगञ्जमा घर छ । उहाँको आज पशुपती आर्यघाटमा अन्तेष्टी गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार