• होमपेज
  • समाज
  • ओखलढुङ्गामा पुल बनाउने डडेल्धुराका मेयर ठेकेदार, छ वर्षमा जग पनि उठेन

ओखलढुङ्गामा पुल बनाउने डडेल्धुराका मेयर ठेकेदार, छ वर्षमा जग पनि उठेन

  • बिहिबार, कार्तिक ७, २०७६
ओखलढुङ्गामा पुल बनाउने डडेल्धुराका मेयर ठेकेदार, छ वर्षमा जग पनि उठेन

ओखलढुङ्गा : मान्द्रे दोभानस्थित मोलुङ खोला निर्माणधीन पुल दुई पटक म्याद थप गर्दा पनि अलपत्र अवस्थामा रहेको छ। मोलुङ गाउँपालिका–१ र सुनकोसी गाउँपालिका जोड्ने उक्त पुल छ वर्षअघि निर्माण थलिएको हो। डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको राजेन्द्र निर्माण कम्पनीले निर्माण ठेक्का पाएको उक्त पक्की पुल समयमै निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप गरिसकिएको छ। २०७२ सालभित्र निर्माण सम्पन्न गर्ने गरी २०७० मा सम्झौता भएको थियो। तर, सम्झौताअनुसार निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थप्दा पनि जगसमेत निर्माण भएको छैन। दोस्रो पटक थपेको म्याद २०७६ जेठमा सकिएपछि ठेकेदार कम्पनीलाई प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले छलफलका लागि बोलाएका थिए। तर, उक्त छलफलमा कम्पनीले एक जना इन्जिनियर प्रतिनिधिको रुपमा पठाएको थियो। छलफलमा कम्पनीका प्रतिनिधि इन्जिनियर विदुर कँडेलले चालु आर्थिक वर्षमै पुल सक्ने बताएका थिए। त्यस बेला ओखलढुङ्गाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद यज्ञराज सुनुवार उनको आधिकारिकतामाथि नै प्रश्न गरेका थिए। त्यसपछि कँडेलले कम्पनीको पत्र पेश गरी म्याद थप्न निवदेन दर्ता गरेका थिए। यसपछि प्रमुख जिल्ला अधिकारी आचार्यले एक साताभित्र कार्ययोजना पेश गर्ने, १५ दिनपछि सुरु हुने कामको प्रगति हेरेर म्याद थप गर्ने वा कारवाही गर्ने भन्ने निर्णय गर्ने प्रस्ताव गरेपछि कार्ययोजना ल्याउन कम्पनीलाई एक साताको म्याद दिइएको छ। मोलुङखोलाको पुलको विषयमा गरिएको यो निर्णय पहिलो भने होइन। यसअघि उक्त कम्पनीका कन्ट्रयाक्टरसँग यस्तै सम्झौता भएको थियो। तर कार्यान्वयन भएन। सुरुको सम्झौताअनुसार उक्त पुल २०७२ सालमै निर्माण सम्पन्न हुनुपर्ने सम्झौता भएको थियो। तर, पुलको डिजाइन फेल भएको भन्दै काम भएन। पाइलिङ प्रविधिबाट निर्माण गरिने उक्त पुल चट्टान नभेटिएपछि ओपन फाउन्डेसनमा निर्माण गर्ने डिजाइन गर्न झण्डै दुई वर्ष लाग्यो। २०७३ पछि डिजाइन समेत परिर्वतन गरेर पिलर राख्न थाले पनि पुल अलपत्र छ। प्रविधि परिर्वतन गर्नु परेपछि साउदको कन्ट्रयाक्टर रवीन्द्र लामा भागेका थिए। पछिल्लो पटक थप गरिएको म्यादअनुसार २०७४ असार मसान्तभित्र पुल सम्पन्न गर्नुपर्ने थियो।

चर्चामा

सम्बन्धित समाचार