शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो देखियो डिजाइन

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो देखियो डिजाइन

  • बिहिबार, कार्तिक ७, २०७६
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो देखियो डिजाइन

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर ९विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ । तयार भएको डीपीआर भरतपुर महानगरपालिकामा एक कार्याक्रमका बीच सार्वजानिक गरिएको छ ।

कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमुना तयार गरिएको छ । रंगशालाको प्रवेशद्वारमा गौतम बुद्धको शालिक निर्माण गरिने छ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

डीपीआर तयार भइसकेकोले अब कामले गति लिने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो । अहिले समान्य काम भइरहेको बताउँदै उहाँले डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र द्रुत गतिमा हुने जानकारी दिनुभयो । सरकारको कर छुट गराउन सकेमा रंगशाला तयार गर्न २ अर्ब ६० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नु पर्ने बताउँदै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले समयमै काम सम्पन्न गर्नका लागि सबै पक्षलाई सहयोगको आव्हान गर्नुभयो ।

डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्त रुपमा गरेका हुन् । नेपालको क्रियटिभ र भारतको हफिस नामका कन्सल्टेन्सीले डीपीआर तयार गरेका हुन् । रंगशाला निर्माण अवरोध हुँदा डीपीआरको काम पनि रोकिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार