शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • काण्डैकाण्डको ओली नेतृत्व सरकार हो : नेपाली

काण्डैकाण्डको ओली नेतृत्व सरकार हो : नेपाली

  • बुधबार, कार्तिक ६, २०७६
काण्डैकाण्डको ओली नेतृत्व सरकार हो : नेपाली

बाजुरा ६कार्तिक
तत्कालिन संविधान सभा सदस्य तथा नेपाली काँग्रेस महा समिति सदस्य महा नेपालीले ओली नेतृत्वको सरकार काण्डैकाण्डको सरकार भएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस बुढीगंगा नगरपालिका वडा कार्य समिति १,२ र ३ले संयुक्त आयोजना गरेको शुभदिपावलीको शुभकामना तथा चियापान ओली नेतृत्व सरकारले दुई वर्ष वित्न लाग्दा पनि जनताका काममा चासो नदेखाएका टिप्पणी गरेका छन्
अहिलेको केपी ओली नेतृत्वको सरकारले जनताका काम भन्दा गर्न नसकेको काँग्रेस नेता नेपालीले बताए । सरकार गठन भएको दुई वर्ष वित्न नपाउदै विभिन्न काण्डै काण्डमा अलझलिएको काँग्रेस महा समिति सदस्य नेपालीको भनाई रहेको छ ।
केपी ओली नेतृत्वको सरकारले संविधान कार्यान्वय गर्न कठिन भएको तत्कालिन संविधान सभा सदस्य महा नेपालीले बताउनु भएको छ । उहाँले ओलीले संविधान विपरित सरकार चलाउदै आएको नेपालीले जिकिर गरेका छन् ।
संविधान सभा सदस्य नेपालीले नेपाल कम्युनिष्ट पाटीका कार्यकर्ताले ब्रह्मतोलामा भोटको मताधिकार समेत खोस्ने कार्यको अन्त्य गर्न सुझाव दिनु भएको छ ।
सदस्य नेपालीले नेकपाले लोतकन्त्रको मर्म बुझ्न नसक्दा देश नै खतरामा जान थालेको दाबी गर्नु भएको छ । चियापान कार्यक्रममा नेपालीले कार्यकर्तालाई गलतको विरोध र सकारात्मक कार्यको प्रचार गर्दै सक्रिय भएर लाग्न आग्रह गरे ।
बुढीगंगा नगरपलिका १,२ र३ वडाका स्थानीयले आफ्नो मताधिाकर प्रयोग गर्न नपाएको भन्दै प्रतिनिधी सभाका सदस्य तथा नेकपा बाजुरा इन्चार्ज लालबहादुर थापालाई भाषण भन्दा गाउँका सर्वसाधारणलाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन बडीमालिका नगरपालिकाका नगर प्रमुख तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य पदम बडुवालले आग्रह गरेका छन् ।
प्रतिनिधी सभा सदस्य थापाले मञ्चको भाषणमा जनतालाई मालिक बनाउने र व्यवहारमा दास बनाउने गरेको प्रति आक्रोश व्यक्त गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रमा जनताले आफ्नो मताधिकार प्रयोग गर्न नपाउनु नै संविधानको अपमान गरेको बडुवालको भनाई रहेको छ ।
उनले भने–‘माननीय ज्यु,जनतालाई सहज रुपमा भोट हाल्ने अवस्था सिर्जना गर्नुहोस् ।’
बडुवालले भौतिक मात्र भन्दा शैक्षिक विकासमा सबैले लाग्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले भौतिक विकास मात्र नभई शैक्षिक विकासले समाज रुपान्तरणका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।
संघिय र प्रदेश सरकारबाट विनियोजन बजेटले गाउँमा विकास निर्माण कार्यभन्दा धनगढीका होटलमा बसेर उपभोक्ता समिति बनाउदै कमिशन लिने गरेको टिप्पणी छ ।
बुढीगंगा नगरपालिकाले स्थानीयको समस्या पहिचान गर्दै लगानी गर्न थालेको बुढीगंगा नगरपालिका उप–प्रमुख तारा खातीले बताइन् ।
उनले नगर सभाबाट पारित भएका योजना र अन्य विकास निर्माण कार्यमा बजेट लगानी गर्दै उपलव्धी हासिल गर्न थालिएको खातीको भनाई रहेको छ ।
उनले बुढीगंगा नगरपालिका २ र ३ वडाले यो वर्षको दशै विशेष साँस्कृतिक कार्यक्रममा पाटी फरक भएकै कारण प्रतिनिधील सभाका सदस्य लालबहादुर थापाले सार्वजनिक कार्यक्रममा मर्यादा क्रम मिच्दै वडा अध्यक्ष भन्दा तल राखेर अपमान गरेको गुनासो गरिन् ।
पटक पटक सार्वजनिक कार्यक्रममा आफुलाई आयोजकले बोलाउने भएपनि प्रतिनिधी सभाका सदस्य थापाले मर्यादाक्रमलाइ मिचेर आफु अनुकुल कार्यक्रम गराउने गरेको आरोप उप प्रमुख खातीको रहेको छ ।
नेपाली काँग्रेस बुढीगंगा १,२ र ३ वडा कार्य समितिले संयुक्त आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सहभागीहरुले निपश्क्ष र स्वतन्त्र रुपमा मतदान गर्न नपाएको गुनासो गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य धर्म भण्डारी, तरुण नेता तिलक शाह,शिक्षक महासंघ अध्यक्ष पुर्ण खाती,राप्रपा पुर्व जिल्ला अध्यक्ष चन्द्रबहादुर शाहले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै शुभकामना तथा चियापान कार्यक्रममा नेपाली काँग्रेस साविक कुल्देवमाण्डौ गाउँ कार्य समिति पुर्व अध्यक्ष चक्र शाह,नेविसंघ पुर्व जिल्ला अध्यक्ष धुर्व शाह,नेविसंघ बडीमालिका स्ववियु उप सभापति तपशे रावल,हिस्टान जिल्ला सह सचिव भरत शाह,शिक्षक महासंघ बुढीगंगा नगर अध्यक्ष योगेन्द्र थापा,गैसस प्रतिनिधी लक्ष्मीराज पाध्याय र सहकारी अभियान्ता रंगलाल जैशीले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समिति उप सभापति जयराज उपाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन नेविसंघ बडीमालिका क्याम्पसका सभापति धर्मराज जैशीले गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसमा आस्थावान एक एक सय बढीको सहभागिता रहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार