• होमपेज
  • राजनीति
  • ओली–प्रचण्डबीच भएको सहमति तोडिएको छैन, भ्रममा नपर्नुस् : अध्यक्ष प्रचण्ड

ओली–प्रचण्डबीच भएको सहमति तोडिएको छैन, भ्रममा नपर्नुस् : अध्यक्ष प्रचण्ड

  • मङ्लबार, कार्तिक ५, २०७६
ओली–प्रचण्डबीच भएको सहमति तोडिएको छैन, भ्रममा नपर्नुस् : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली–प्रचण्डबीच भएको सहमति कार्यन्वयन नभएको भन्दै बाहिर आएको समाचार हलला मात्र भएको बताएका छन् ।मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको र सहमति अनुसार नै अगाडि बढिरहेको दाबी गरे । ‘कसैले पनि सहमति तोडेको छैन । पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म कसरी आइपुग्थ्यौं ?’ उनले भने, ‘मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको छ ।’

केही दिनयता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र प्रचण्डबीच सहमति कार्यन्वयन नभएको भन्दै आरोप प्रत्यारोप चलेपछि अध्यक्ष प्रचण्डले मिडियामा आएका कुराहरु भ्रममात्रै भएको दावी गर्दै होहल्ला र प्रचारबाजीको भर नपर्न आग्रह गरे । उनले आफु र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए ।

‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’ प्रचण्डले मन्त्रिमण्डल विस्तारको कुरा प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र पर्ने भएकाले आफुले त्यसमा केही नबोल्ने टिप्पणी गरे ।

चर्चामा

सम्बन्धित समाचार