शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दीप एक करोड ४६ मा बिक्री

सन्दीप एक करोड ४६ मा बिक्री

  • सोमवार, कार्तिक ४, २०७६
सन्दीप एक करोड ४६ मा बिक्री

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको टोली ओभल इन्भन्सिबलले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई एक करोड ४३ लाखमा आफ्नो टोलीसँग अनुबन्धित गरेको छ।

आइतबार राति भएको ड्राफ्टमा नेपाली लेगस्पिनर सन्दीपलाई ओभल इन्भिन्सिबलले उक्त मुल्यमा भित्र्याएको हो। पहिलोपटक हुन लागेको सय बलको क्रिकेट २०२० को समयमा हुँदैछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ।

अनुबन्धपछि सन्दीपले ओभलको टिममा पर्दा गौराम्वित भएको भन्दै नेपाल र नेपालीका लागि अर्को सपना पूरा भएको प्रतिक्रिया दिएका छन्।

प्रत्येक टोलीले १५ खेलाडीहरु अनुबन्ध गर्ने भएपनि ३ जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको छ। सन्दीपको टोलीमा विदेशी खेलाडीका रुपमा उनीसँगै सुनिल नाराइन र फाबियान एलेन रहेका छन्। टोलीमा मार्की खेलाडी साम करन रहेका छन्।

आइतबार भएको ड्राफ्टमा अफगानिस्तानका रासिद खान सबैभन्दा पहिलो विक्रि हुने खेलाडी थिए। उनलाई ट्रेन्ट रोकेट्स टोलीले १ लाख २५ हजार पाउण्डमा अनुबन्ध गरेको थियो। रोकेट्समा रासिदले इंग्ल्याण्डका कप्तान जोए रुटसँग खेल्नेछन।

विश्व क्रिकेटका ठूला नामहरु वेष्ट इण्डिजका ओपनर क्रिस गेल, दक्षिण अफ्रिकाका बलर कासिगो राबाडा तथा श्रीलंकाका लासिथ मलिगालाई भने कसैले लिएनन।आइतबार भएको ड्राफ्टबाट ९६ जना खेलाडीहरु छानिएका थिए। ४७४ खेलाडीहरु भने विक्रि भएनन।

चर्चामा

सम्बन्धित समाचार