• होमपेज
  • प्रदेश ७
  • महिलाको कुटपिटबाट एक जनाको मृत्यु, दुई जना पक्राउ

महिलाको कुटपिटबाट एक जनाको मृत्यु, दुई जना पक्राउ

  • आइतवार, कार्तिक ३, २०७६
महिलाको कुटपिटबाट एक जनाको मृत्यु, दुई जना पक्राउ

कैलालीमा महिलाको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ५ की ४० वर्षीया पुतली रावलको दुईजना महिलाको कुटपिटबाट मृत्यु भएको हो। रावलका भतिजा रमेशले असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाको कुटपिटबाट घाईते भएकी उनको उपचारका क्रममा भारतमा मृत्यु भएको बताए।

कुटपिटबाट गम्भीर घाईते भएकी रावललाई उपचारका लागि कोहलपुर पु¥याईएकोमा लखनउ रेफर गरिएको थियो। तर उनको उपचारकै क्रममा मृत्यु भएको हो। कुटपिटमा संलग्न भएको भन्दै परिवारले दिएको जाहेरीका आधारमा रावलका छिमेकी समेत रहेका ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक मनोहर भट्टले दुवै जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको बताए। अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भईरहेको बताए। अहिले दुवै महिला जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।

साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार