आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जापानमा ६० वर्ष पछिकै शक्तिशाली ‘ह्यागिबिस’ आँधी

जापानमा ६० वर्ष पछिकै शक्तिशाली ‘ह्यागिबिस’ आँधी

  • शनिबार, अशोज २५, २०७६
जापानमा ६० वर्ष पछिकै शक्तिशाली ‘ह्यागिबिस’ आँधी

काठमाडौं । जापानमा अहिलेसम्मकै शक्तिशाली टाइफून (आँधी) आएको छ । ताइफूनको कारण टोक्यो, चिवा, ईबाराकी, गन्मा साईका र नागोया क्षेत्र प्रभावित भएको छ। मौसम पूर्वानुमान सम्बन्धी अधिकारीहरूका अनुसार जुनसुकै समय टाइफूनले विपत्ति निमत्याउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली र भयानक भएको अधिकारीहरुले जनाएका छन् ।

आँधी आउनुअघि नै यसको प्रभावका कारण ठूलो वर्षा भएको थियो र १६ लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियाे । आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ भने भूस्खलनको आशंका पनि बढेको अधि कारीहरुले जनाएका छन् । निकै शक्तिशाली मानिएको आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल र’द्द गर्नुपरेको थियो ।

एक हजार ६ सय बढी विमान हरुले पनि उडान गर्न पाएका थिएनन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ । चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार