शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बजार
  • नेपालमै ७७ ब्राण्डका सिमेन्ट उत्पादन

नेपालमै ७७ ब्राण्डका सिमेन्ट उत्पादन

  • बिहिबार, अशोज २३, २०७६
नेपालमै ७७ ब्राण्डका सिमेन्ट उत्पादन

नेपालमा खपत हुने सिमेन्टमध्ये अहिले ८० प्रतिशत उत्पादन नेपाली उद्योगहरुले नै गर्दै आएका छन् । करीब १ खर्ब लगानी सिमेन्ट उद्योगहरुमा भइसकेको छ । तर, अझैपनि पूर्णरुपमा क्षमता अनुसार उद्योग सञ्चालन गर्ने वातावरण नबन्दा सिमेन्ट आयात हुने गरेको छ । स्पस्ट सरकारी नीति नहुँदा उद्योगहरुले क्षमता अनुसार उत्पादन गर्न नसेको उद्योगीहरु बताउँछन् ।

सिमेन्टलाई आवस्यक पर्ने सबैखाले कच्चापदार्थ नेपालमै उत्पादन गर्न सकिन्छ । तर प्रयाप्त नीतिगत व्यवस्था नहुँदा अझै पन क्लिङ्कर बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । यस बाहेक लोडसेडिङको समस्या, ढुङ्गा खानीमा हुने अवरोधका कारण सिमेन्ट उत्पादन प्रभावित हुने गरेको छ ।

तरपनि पछिल्लो समय खोलिएका सिमेन्ट उद्योगहरुले आफै क्लिङ्कर उत्पादन गरी सिमेन्ट बनाउने गरेका छन् । २०५५ सालदेखि बाँकेमा सञ्चालनमा आएको मंगलम सिमेन्टले पनि आफै क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्न थालेको छ ।

अझै आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा चुनढुङ्गा उपलब्ध हुने स्थानसम्म सिमेन्ट उद्योगहरुको पहुँच पुग्न सकेको देखिदैन् । पछिल्लो समय आत्मनिर्भर बन्न खोजेको सिमेन्ट उत्पादन बढाउन सरकारले सहयोग गर्नुपर्ने उद्योगीहरु उद्योगीहरु बतउँछन् । ढुंगा खानी सञ्चालनको लाइसेन्स लिने प्रकृया झन्झटिलो हुने र स्थानीयको समेत अवरोध हुँदा उद्योगीहरु निरुत्साहीत भएका छन् ।

सरकारले सिमेन्ट उद्योगीहरुको समस्यालाई ध्यान दिएर नीतिगत व्यवस्था गरिदिने हो भने उत्पादन बढाई निर्यात गर्न सकिने उद्योगीहरु बताउँछन् । पछिल्लो समय नेपालमा ७७ ब्राण्डका सिमेन्ट उत्पादन तथा विक्री वितरण हुँदै आएका छन् । त्यस्तै निर्माण प्रकृयामा रहेका उद्योगहरु सञ्चालनमा आएमा १ सय भन्दा बढी ब्राण्डमा सिमेन्ट उत्पादन हुने देखिन्छ । नेपालमा वार्षिक ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ ।

तर नेपाली उद्योगहरुको ५५ लाख मेट्रिकटन उत्पादन गर्ने क्षमता छ । तरपनि पूर्ण रुपमा सञ्चालन हुन नसक्दा नेपालले सिमेन्ट निर्यात गर्ने क्षमता राखेको छैन् । उल्टै अझै सिमेन्ट आयात भइराखेको छ ।

चर्चामा

सम्बन्धित समाचार