शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • महराका दुई छोराले दिए युद्धमा जाने संकेत

महराका दुई छोराले दिए युद्धमा जाने संकेत

  • बुधबार, अशोज २२, २०७६
महराका दुई छोराले दिए युद्धमा जाने संकेत

महिला दुव्र्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोराले युद्धमा जाने संकेत गरेका छन्। निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटसमा लेखेका छन्, ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुन्छ।’

उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन्।

यस्तै महराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चेतावनीको भाकामा ’सन्देश’ दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार