शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछाने

‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछाने

  • शनिबार, अशोज १८, २०७६
‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछाने

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् । इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगिता द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप अटाएका हुन् ।

ड्राफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् । एक सय बलको हुने द हन्ड्रेडको ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड रहेको छ । सन्दीप विदेशी कोटामा ड्राफ्टमा परेका हुन् ।

आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ । १ लाख २५ हजार न्युनतम मूल्य भएको खेलाडीको ड्राफ्टमा क्रिस गेल, स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेग्दी, कागीसो राबाडा र लासिथ मालिंगा रहेका छन् ।

१ लाख पाउण्डको ड्राफ्टमा सन्दीपसँगै ग्लेन म्याक्सवेल, आन्द्रे रसेल, हरभजन सिंह, राशिद खान, शाकिब अल हसन लगायतका खेलाडी छन् । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।

चर्चामा

सम्बन्धित समाचार