शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • यूएन हेवीटेट र बडिमालिका नगरपालिका बिच ५ बर्षे सम्झौता

यूएन हेवीटेट र बडिमालिका नगरपालिका बिच ५ बर्षे सम्झौता

  • शुक्रबार, अशोज १७, २०७६
यूएन हेवीटेट र बडिमालिका नगरपालिका बिच ५ बर्षे सम्झौता

बाजुरा १७ असोज
यूएन हेबिटेन नेपालले जिल्लाको बडिमालिका नगरपालिकामा ५ बर्षसम्म काम गर्ने भएको छ । जिल्ला खुला दिशामुक्त हुनका साथै देश नै खुलामुक्त भईसकेको र स्थानीय तहलाई पुर्ण सरसफाईका कार्यक्रम गर्न आज कार्यक्रम सहित नगरपालिका बिच सम्झौता भएको छ । बडिमालिका नगरपालिकालाई पुर्ण सरसफाई बनाउने उदेश्यका साथ यूएन हेबिटेन नेपालले नगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षेर गरिएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताएका छन् । पहिलो ८ महिना पाइलट प्रोजेक्टका रुपमा काम गर्ने भनिए पनी ५ बर्षसम्म यूएन हेबिटेन नेपालले नगरपालिकामा काम गर्ने बताएको छ । जिल्लाको मुटुको रुपमा रहेको बडिमालिका नगरपालिकालाई पुर्ण सरसफाईका अभियान संचालन गर्न नगरपालिका र यु एन ह्याविट्याट विचमा कार्य गर्ने संझौता भयो । यसबाट नगरपालिकाको समग्र विकासमा सकारात्मक उर्जा थप हुने विश्वास रहेको प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टराईले बताए । अन्य स्थानीय तहहरुले गैरसरकारी संस्थासंग सहकार्य नगर्ने समाचार आइरहेका बेला हाम्रो नगरपालिका गैरसरकारी संस्थाप्रती सकरात्मक रहेको उनले बताएका छन् । अन्य कुनै गैरसरकारी संस्थाले पनी नगरपालिकामा काम गर्न इच्छुक निकायहरुका लागी पनी सधै बाटो खुला राखीएको अधिकृत भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार