• होमपेज
  • बाजुरा बिशेष
  • नयाँ नोट साट्नेको बैंकमा भिड, ४ दिनमा एक करोड नोट बितरण

नयाँ नोट साट्नेको बैंकमा भिड, ४ दिनमा एक करोड नोट बितरण

  • शुक्रबार, अशोज १७, २०७६
नयाँ नोट साट्नेको बैंकमा भिड, ४ दिनमा एक करोड नोट बितरण
बाजुरा जिल्लामा रहेको एक मात्र सरकारी राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखामा नयाँ नोट साट्नेको घुईचो । तस्वीर : लक्ष्मीराज पाध्याय बाजुरा

बाजुरा १७ असोज बाजुरा जिल्लामा रहेको एक मात्र सरकारी राष्ट्रिय वाणिज्य बैंक बाजुरा शाखामा नयाँ नोट साट्नेको लाइन लागेको छ । दशैका लागी नेपाल राष्ट्र बैकले असोज १० गते देखी बितरण गर्ने भनीय पनी बाजुरामा १२ गते मात्र नयाँ नोट पुगेकोले आजभोली धेरै मान्छे बहिानदेखी लाइन लाग्नुपरेको हो । असोज १० देखी बितरण गर्ने भनिए पनी बाजुरामा १२ गते मात्र नया नोट पुगेकाले आजभोली थेग्न नसक्ने लाइन लागेको राष्ट्रिय बाण्ज्यि बैकका एक कर्मचारीले बताए । बाजुरामा एक मात्र सरकारी बैक भएकोले लाइनमा लाग्नुपर्ने राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाका प्रबन्धक जितजंग सिहले बताए । १२ गते देखी १६ गते दिउसो सम्म लगभग एक करोड नयाँ नोट बितरण गरिएको प्रबन्धक सिहंले बताए । राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीको मर्का बुझेर प्राइभेट बैंकलाइ समेत नयाँ नोट बितरण गर्न दिएको भए पनी राष्ट्रिय बाणिज्य बैकमा नै बढि सेवाग्राहीको घुइचो लाग्ने गरेको प्रबन्धक सिहंले बताए । बैंकले पाँच, दश, बिश, पचास, एक सय, पाँच सय र एक हजारका गरी प्रति व्यक्ति रु १८ हजार ५ सय का दरले नयाँ सटही सुविधा उपलब्ध गराएको राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाका सुचना अधिकारी अमृत बोहोराले बताए । शाखा कार्यालयमा सीमित मात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको हुदा सो भन्दा बढि सटही गर्न नसकेको सुचना अधिकारी बोहराले बताए । जिल्लाका नौ ओटा स्थानीय तहहरु मध्य जिल्ला सदरमुकाम मार्तडी र कोल्टीमा मात्र राष्ट्रिय बाणिज्य बैक भएकोले जिल्लाभरीका सेवाग्राही नयाँ नोट लिन सदरमुकाम र कोल्टी बजारमा लाइन लाग्नु परेकोे हिमाली गाउँपालिकाका स्थानीय गोरख शार्कीले बताए । गाउँबाट ३÷४ दिन लगाएर दशै र तिहारका लागि नया नोट लिन आएको शार्कीले बताए । स्थानीय तहमा रहेका निजी तथा प्राइभेट बैकमा सिमीत मात्रमा नयाँ नोट गएको र कसैले नपाएको कारण सदरमुकाम धाउनु परेको कोल्टीका एक स्थानीय बताए ।

चर्चामा

सम्बन्धित समाचार