बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ‘च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक

‘च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक

  • सोमवार, अशोज १३, २०७६
‘च च हुई’को दोश्रो गीत ‘जवानी’ सार्वजनिक

‘च च हुई’ सिनेमाको दोस्रो गीत सार्वजनिक भएको छ ।

सिनेमा मंसिर ६ गते रिलिज हुने सिनेमाले ‘जवानी’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा आर्यन सिग्देल र एलिसा शर्मा फिचर्ड छन्।

साम्तेन भुटिया निर्देशित सिनेमामा आर्यनले मिरूना मगरसँग जोडी बाँधेका छन्।

रोशन थापाको संगीत तथा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रचना रहेको गीतमा संगीतकार थापा र सुमन गुरुङको स्वर छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायाँकन सुसन प्रजापतीले गरेका हुन् ।

सिनेमामा आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ ।

चर्चामा

सम्बन्धित समाचार