• होमपेज
  • बडिमालिका
  • अरिगांलको टोकाईबाट एक बालकको मृत्यू

अरिगांलको टोकाईबाट एक बालकको मृत्यू

  • बिहिबार, अशोज १६, २०७६
अरिगांलको टोकाईबाट एक बालकको मृत्यू

बाजुरा १६ असोज : अरिगांलको टोकाईबाट एक बालक मृत्यू भएको छ । मृत्यू हुनेमा बडिमालिका नगरपालिका वडा न ९ का राम बहादुर थापाका ४ बर्षिया छोरा सुमीत थापा रहेका छन् । दिउसो घर नजिकै खेलीरहेको अबस्थामा अरिगांलहरु आएर टोकेको आफन्तले बताएका छन् । उनी संगै अन्य तिन जना बालबालिका पनी अरिगांलको टोकाईले घाईते भएको आफन्तले बताएका छन् घाइते एकको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला अस्पतालले बताएको छ । मृतक थापालाई धेरै अरिगांलले टोकेको जिल्ला अस्पतालमा उपचार गर्न नपाउदै मृत्यू भएको अस्पतालले बताएको छ । अस्पताल पुग्नासम्म मृतक बालकको शरिरमा ३÷४ ओटा अरिगांल शरिरमै टाँसीएकाे जिल्ला अस्पतालले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार