• होमपेज
  • त्रिवेणी
  • भलिवल सम्बन्धी पत्रकार सम्मेलन

भलिवल सम्बन्धी पत्रकार सम्मेलन

  • बुधबार, अशोज १५, २०७६
भलिवल सम्बन्धी पत्रकार सम्मेलन

बाजुरा १५ असोज : त्रिबेणी नगरपालिकामा दोस्रो पदम खत्री स्मृती तथा बडिमालिका कप खुल्ला भलिवल पत्रियोगिता हुने भएको छ । पदम बहादुर खत्रीको स्मृतीमा सो भलिवलको आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । त्रिबेणी नगरापलिकाको पार्वती माद्यामीक बिद्यालयमा असोज २२ गते देखी २५ गते सम्म संचालन हुने भलिवल प्रतियोगीताको असोज २२ गते बिहान ११ बजेसम्म टिम दर्ता हुने आयोजक पिएस मोटर्स फोर्सका संचालक तथा सो प्रतिष्ठनका संचालकहरुले बताएका छन् । प्रथम हुनेले ५१ हजार १ सय ११ रुपैया सहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन, त्यसै गरी दोस्रो स्थान ल्यानेले२५ हजार १ सय ११ रुपैया नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र र तेस्रो स्थान ल्याउनेले ५ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र पाउने आयोजकले बताएको छ । टिम दर्ता शुल्क ५ हजार एक सय ११ रुपैया रहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको आयोजकले बताएको छ । यो कार्यक्रममा देशका ख्याती प्राप्त कलाकार बिनोद बाजुरेली,लाल बहादुर धामी, कल्पना ढुगांना लगायत एक दर्जन कलाकारहरुको पनी उपस्थीती रहने सुन्दर नेपाल बचत तथा रिण सहकारी संस्था लिका सल्लाहकार कण बहादुर थापाले बताएका छन् । सो आयोजना दुई दुई बर्षको अन्तरमा हुने खेल गरेको आयोजकले बताएको छ ।
पदम खत्रि पार्बती माबि स्थापना संगै सामाजिक सेवामा लागेका हुनाले उनका छोराहरुले आफ्ना बुवाको सम्झनामा देशै तिहार लक्षीत गरी सो कार्यक्रम गर्न लागेको बताईएको छ ।मृतक पदम खत्रीका छोराहरूको लगानीमा सो कार्यक्रम हुने र आयोजक सुन्दर नेपाल बचत तथा रिण सहकारी संस्था लिमिटेड रहने आयोकले बताएको छ खेलाडीहरुले खान बस्न आफैले गर्नुपर्ने आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार