शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाले बोलायो सचिवालय बैठक, महरालाई राजीनामा दिन लगाउने

नेकपाले बोलायो सचिवालय बैठक, महरालाई राजीनामा दिन लगाउने

  • मङ्लबार, अशोज १४, २०७६
नेकपाले बोलायो सचिवालय बैठक, महरालाई राजीनामा दिन लगाउने

काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लागेपछि उक्त विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

स्रोतका अनुसार बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।‘उहाँलाई राजीनामा दिन लगाउने सम्भावना छ,’ स्रोतले भन्यो।

यसअघि महराको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार