• होमपेज
  • अर्थ/वाणिज्य
  • ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच

६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच

  • मङ्लबार, अशोज १४, २०७६
६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच

काठमाडौं । नेपालका ६१ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर चिरन्जीवि नेपालले आर्थिक वर्ष २०७५/७६ को अन्तसम्म ४१ प्रतिशत रहेको वित्तीय पहुँच अहिले बढेर ६१ प्रतिशत पुगेको जानकारी दिएका हुन् ।

‘वित्तीय पहुँच केही समय अघिसम्म ४१ प्रतिशत मात्रै थियो, तर हाम्रो रिसर्च डिपार्टमेन्टले अध्ययन गरेको छ ६१ प्रतिशत पुगिसकेको छ’ उनले भने, ‘केही दिनमै हामी नयाँ रिपोर्ट सार्वजनिक गर्दैछौं ।’

मिडिया इन्टरनेसनलको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने राष्ट्र बैंकको योजना पनि सफलतानजिक पुगेको बताए । उनले ७५३ मध्ये ७३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार