• होमपेज
  • बडिमालिका
  • निशुल्क प्राथमिक स्वास्थ्य उपचार तालिमको आयोजना हुदै

निशुल्क प्राथमिक स्वास्थ्य उपचार तालिमको आयोजना हुदै

  • शुक्रबार, अशोज १०, २०७६
निशुल्क प्राथमिक स्वास्थ्य उपचार तालिमको आयोजना हुदै

बाजुरा १० असोज : रिटर्नी माइग्रेन्ट बाजुरा नेपालको सहयोग र डिस्कभरी रोयल स्पोर्ट्स एल एलसी युएई, र डिस्कभरी रोयल स्पोर्ट्स प्रा लि नेपालको आयोजनामा निशुल्क स्वास्थ्य उपचार तालिमको आयोजना हुने भएको छ ।
नेपालका सामाजिक ब्यक्तित्व, अन्तर्रा्ष्ट्रिय प्रशिक्षक तथा डिस्कोभरी रोयल स्पोर्ट्स एल एल सी युएईका संचालक ओमप्रसाद उप्रेतीको प्रत्यक्ष प्रशिक्षणमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा संचालन गरिने रिटर्नी माइग्रेन्ट बाजुरा नेपालका अध्यक्ष उमेश शाहीले बताएका छन् ।
जिल्लामा पहिलो पटक बाजुरा जिल्लाबाट प्रबासमा काम गरि फर्केका प्रवासीहरुको सहयोगमा सो कार्यक्रमको आयोजना गर्न लागेको शाहीले बताएका छन् । ११ गते ११ बजेबाट  संचालन  निशुल्क स्वास्थ्य उपचार तालिम मालिका नमुना माबिको हलमा संचालन हुने आयोजकले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार