शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पिसवीन बाजुरा ३० औँ वर्षमा प्रवेश

पिसवीन बाजुरा ३० औँ वर्षमा प्रवेश

  • शुक्रबार, अशोज १०, २०७६
पिसवीन बाजुरा ३० औँ वर्षमा प्रवेश

नन्दा थापा
बाजुरा १० असोज : पिसवीन बाजुरा ३० औँ वर्षमा प्रवेश गरेको छ । सोही अबसरमा पिसवीन बाजुराले आज औपचारीक रुपमा एक कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिनिधि सभाका सांसद विन्दा पाण्डेले ठाउँ ठाउँको सस्कार अनुसारको शिक्षा पाठ्क्रम परिवर्तन हुनुपर्ने बताएका छन् । सुदुर पश्चिममा कुपर्थाको रुपमा मानिदै आएको छाउपडिलाई संकेत गर्दै यस्तो बताएका हुन । पाण्डेले नेपाल भरीको लागि यो विषय पाठयक्रमा समावेश गर्न नपर्ने भन्दै सुदुर पश्चिम प्रदेशका स्थानिय तहले नै पाठ्यक्रममा छाउपडि पर्थालाई समावेश गर्नुपर्ने बताएका हुन । छाउपडि कुपर्थाको अध्ययन अनुसन्धान गर्न बाजुरा पुग्नुभएका उनले छाउपडी प्रथालाई परिवर्तन गर्न सकिने तर मान्छेको चिन्तन परिवर्तन गर्न नकिने बताए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेले पीसविनलाई राम्रा कुरालाई संस्थागत गर्न वार्षिक उत्सवको शुभकामना दिदै छाउपडी प्रर्थालाई मान्ने र मान्न लगाउनेलाई कानुन निर्माण भईसकेको जानकारी गराउदै कानुन बमोजिम कारवाही भोग्न पर्ने बताए ।
उनले स्थानिय तहले बाजुरालाई २०७७ मा छाउपडी प्रथा मुक्त घोषणा गर्न सक्ने निति निर्माण बनाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन । संवोधनकै क्रममा पाण्डेले फिलिपीन्सको उदाहरण दिदै विदेशमा काम गर्न गए देश कहिलै नबन्ने उद्घोष गरेका छन् ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद लालबहादुर थापाले सस्थागत रुपमा सफल कथा बटुलेर काम गर्न पीसविन बाजुरालाई शुभकामना दिनुभएको छ । कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका थापाले सामाजिक रुपान्त्रण, पुर्वाधार विकास निमार्णका काममा जीम्मेवार भएर काम गरेको भन्दै पीसविनलाई प्रशंसा गर्नुभएको छ । कार्यक्रममा आफ्नो शुभकामना भनाई राख्दै जिल्ला स्थानिय तहले देखाएको अराजकताको भने विरोध गर्नुभएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद नारायण खतीवडा, विना श्रेष्ठ, पशुपति विकास कोषका प्रमुख धनश्याम कोईराला, बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवाल, छेडेदह गाउँपालिकाका ७ का वडा सदस्य लालबहादुर खड्का, पीसविन नेपालका पुर्व अध्यक्ष लालबहादुर ओली, गुड नेभर ईन्टरनेस्नलका जिल्ला संयोजक खडक बोहरा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश सिह, बडीमालिका युवा सुचना केन्द्र अध्यक्ष प्रशान्त जोशी लगायतले पीसवीनको वार्षिक उत्सवको अवसरमा आगामी कार्यकालको शुभकामना दिएका थिए ।
सस्थाका अध्यक्ष विमला थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिवेदन महासचिव लालविर नाथले प्रस्तुत गरेका थिए भने सञ्चालन सदस्य धिरबहादुर दानीले गरेकाे हो । रेडियो बाजुराको सिकाई केन्द्रमा सञ्चालन भएको कार्यक्रममा जनप्रतिनिधि गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि महिला अधिकार मञ्च पत्रकार लगायतको १ सय बढीमो उपस्थिती रहेको थियो । २०४७ साल असोज १० आजै दिन साविक आटिचौर गाविस ४ ओली गाउँमा सामुदायमा आधारित समुहको रुपमा स्थापना भएको सस्थाले आज २९ वर्ष पुरा गर्दै ३० वर्षमा प्रवेश गरेको हो । सस्थाको २९ वर्ष बालबालिका र महिलाको क्षेत्रमा कामसंगै संगै युवा लक्षित कार्यक्रम पनि सञ्चालन भईरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार