बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • नागरिक समाजद्धारा सडक बनाउन दवाव

नागरिक समाजद्धारा सडक बनाउन दवाव

५ महिना वितिसक्दा पनि कसैकाे गएन चासाे

  • शुक्रबार, अशोज १०, २०७६
नागरिक समाजद्धारा सडक बनाउन दवाव

बाजुरा १० असोज
जिल्लाको उत्तरी क्षेत्रमा रहेको नागरिक समाजले मार्तडी कोल्टी सडक संचालनको लागि ज्ञापन पत्र सहित मन्त्री शाहलाई ज्ञापन पत्र बुझाएका छन् । वर्षातको समय सुरु भए संगै बाजुराको उत्तरी क्षेत्र कोल्टी जाने सडक अबरुद्ध भएको र यसमा कसैको चासो नगएको भन्दै नागरिक समाजका अगुवाहरुले सुदुर पश्चिम प्रदेशका आन्तरिक तथा कानुन मन्त्री प्रकाश शाहलाई ज्ञापन पत्र बुझाएका हुन । बर्षाका कारण जेठ महिनादेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड चाँडो खुलाउनका लागि आवश्यक पहल गरिदिन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई नागरिक अभियान्ताको समूहले ज्ञापन पत्र बुझाएको अभियान्ता तथा जिप ब्यबासायी निमेन्द्र शाहीले बताए ।


५ महिना वितिसक्दा पनि अवरुद्ध बनेकोे सो सडकलाई खुलाउन बुढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकाले कुनै चासो नदेखाएपछि प्रदेश सरकारका मन्त्री शाहलाई सडक खुलाउन पहलका लागि ज्ञापन पत्र बुझाएको अभियान्ता समूहका शाहीले बताएका छन् ।
ज्ञापन पत्रमा सडक अवरुद्ध भएको तीन महिना वित्यो कसैले पनि यो सडक प्रति चासो देखाएका छैनन् । सडक नखुलेकै कारण पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तह र छिमेकी जिल्ला हुम्ला र मुगुका स्थानीयहरुलाई दैनिक आवत जावतमा समस्या भईरहेको उल्लेख गरिएको छ । सडक समस्याकै कारण पुर्वीउत्तरी क्षेत्रको कवाडीमा रहेको खाद्यन्न डिपोमा खाद्यन्न छैन् । जनताले स्थानीय बजारहरुबाट दोव्वर भाउमा सामाग्री किन्नु पर्ने बाध्यता सिर्जना भएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सामाजिक अभियान्ताहरुको समूहले बुझाएको ज्ञापन पत्र बुझ्दै सुदुरपश्मि सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले भने सो क्षेत्रका स्थानीयहरुको दैनिक सहज यात्राका लागि अवरुद्ध बनेको सडक तत्काल मर्मत गरि सुचारू गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन गर्ने बताएका छन् । साथै उहाँले मार्तडी कोल्टी सडकका लागि यो वर्ष १५ करोड रकम विनियोजन गरिएको र आवश्यक प्रक्रिया अगाडि बडिरहेको बताएका छन् । दशै र तिहारको यो समयमा यात्रुलाई सहज गर्न बुढीनन्दा र बडीमालिका नगरपालिकाका नगरप्रमुखहरूसंग बसी सडक छिटो संचालन गर्न छलफल गर्ने र सोही अनुसार अगाडि बढाउने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार