बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मैले आफ्नो डिउटी निर्वाह र जनताको काम गरेको छु, डिएसपी भाट

मैले आफ्नो डिउटी निर्वाह र जनताको काम गरेको छु, डिएसपी भाट

कस्ले के आरोप लगायो मलाइ मतलब छैन्

  • शुक्रबार, अशोज १०, २०७६
मैले आफ्नो डिउटी निर्वाह र जनताको काम गरेको छु, डिएसपी भाट

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख तथा डिएसपी उद्धब सिं भाटले मैले आफ्नो डिउटी निर्वाह गरेको छु । बाहिर कस्ले के आरोप लगायो मलाई मतलब छैन्, जनताको काम गरीरहेको छु बताएका छन् ।
नेपाली काँग्रेसले सामाजिक सञ्जाल र सार्वजनिक मञ्च बाट नै डिएसपी भाटको बारेमा बिभिन्न टिका टिप्पणी आएपछि बडिमालिका खबर सँग भाटले यस्तो वताएका हुन् । म कार्तिक ८ गते बाजुरा आएको हुँ, म सदैब न्यायका पक्षमा र जनताको पक्षमा काम गरिरहेको छु । को के बोल्छ, के लेख्छ त्यो महत्वपुर्ण हैन बरु राम्रो काम गरेकी गरेने त्यो हो भाटले थपे ।
जागिर खाए देखी कसैलाई पाटिको आधारमा केही काम कार्यवाहि नगरेको उनले वताए । बिप्लवलाई मात्र हामि खोजी खोजी प्रक्राउ गर्छौ, अरु कसैलाई पाटि के हो भनेर सोधेका छैनौ, यदि त्यस्तो छ भने प्रमाण देखाउन आग्रह गरेका छन् । काँगे्रस होस, नेकपा होस वा अरु कुनै होस कानुन बाहिर काम गर्ने कसैलाई छोडने हैन्, अहिले सम्म नछोडेको बताए । कानुन बिपरीत कसैलाई केही गरेको भए प्रमाण देखाउन वताए । खाली बाहिर आरोप लगाएर केही नहुने वताए ।
पाटि भनेर बिप्लव समुहलाई मात्र सोधेको र खोजेको हो, बिप्लव समुहलाइ खोजी गरेर प्रक्राउ गरीरहेको उनले वताए । कोही बिप्लव समुह छोड्छौ भने हाम्रो के टाँउको दुखाई तर हामिले कसैलाई अर्को पाटि हुनु पर्छ नभनेको वताए । काँग्रेसका केही नेताहरु उल्टै बसेर छलफल गरौ हाम्रो दुरी बढ्यो भन्छन्, मलाई खै बाहिर के भयो मलाइ थाहा छैन्, भाट बताँउछन् ।
केही युवाहरुले सामाजिक सञ्जालमा लेखेका छन्, त्यसले केही असर पार्दैन् । सामाजिक सञ्जालमा पनि लेख्न लगाउने, आफु कहाँ आएर सहकार्य गरौ भन्ने केहीको दोहोरो चरित्र रहेको वताए । हामि कानुनी विपरित गएका छैनौ । जथाभाबि रुपमा सामाजिक सञ्जालमा नलेख्न समेत आग्रह गरेका छन्, यस्तो लेख्न कसैलाई छुट नभएको वताए । मलाइ जनताको साथ सहयोग र माँया छ म सहि भएन नै यो भएको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार