बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपाकाे चाकडीमा लिप्त डिएसपी भाट रहेको काँग्रेसको आरोप

नेकपाकाे चाकडीमा लिप्त डिएसपी भाट रहेको काँग्रेसको आरोप

  • बिहिबार, अशोज ९, २०७६
नेकपाकाे चाकडीमा लिप्त डिएसपी भाट रहेको काँग्रेसको आरोप

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी भाट प्रति नेपाली काँग्रेस बाजुराले आक्रोश बन्दै गएको छ । सार्वजनिक स्थल देखी सामाजिक सञ्जालमा समेत डिएसपी भाटको आलोचना नेपाली काँग्रेसले गर्दै आएको छ । जनताको काम भन्दा पनि नेकपाकाे चाकडिमा लुप्त रहेको काँग्रेसले वताएको छ ।
प्रेश युनियन बाजुराले आयोेजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रिय सदस्य बद्रि पाण्डे र काँगेस्र बाजुराका सभापति कबिराज पण्डितले डिएसपी भाटको खुलेर बिरोध गरेका छन् । पत्रकार सम्मेलनमा नेता बद्रि पाण्डेले भने आफ्नो जिम्मेवारी भुलेर डिएसपीले सत्ताको चाकडी गरीररहेको वताए । अपराध गरेको भन्दै प्रहरीले समात्ने भित्र गएर नेकपाको प्रशिक्षण दिएर बाहिर निकाल्ने गरेको छ, उनले वताए ।
बिप्लवका एक थरिका कार्यक्रतालाई एक मुद्धा लगाउने एक थरिलाई नेकपा बनाउदै फरक मुद्धा चलाउने गरेको पाण्डेले वताए । डिएसपी भाटले कानुनले दिएको काम भन्दा पनि मनोपोलि गरीरहेको सामाजिक सञ्जाल हेर्दा पनि पुष्टि भएको उनले वताए । सामाजिक सञ्जालमा लेखेकै कारण डिएसपीले नेपाली काँग्रेसका कार्यक्रतालाई फोन गरेर उल्टै थर्काउदै हिड्ने गरेको पाण्डेले वताए ।
त्यस्तै नेपाली काँग्रेस बाजुराका सभापति कबिराज पण्डितले त डिएसपीले बाजुरामा अतिवाद गरेको आरोप लगाएका छन् । बैचारीक आधारमा सोधपुच गर्ने त्यहि अनुसार काम कार्यवाहि गर्ने गरेको वताए । नेपाली काँगे्रसका कार्यक्रतालाई छानि छानी कार्यवाही गर्ने गरेको हामी सँग थुप्रै प्रमाण रहेको सभापति पण्डितले वताएका छन् । रक्षक नै अहिले भक्षक भएको, नेकपाको चाकडी गरीरहेको काँगे्रस बाजुराको निष्र्कष रहेको सभापति पण्डितको भनाई रहेको छ ।
काँग्रेसको आरोप सँगै जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी उद्धब सिं भाट र नेपालि काँग्रेस कार्यक्रर्ता बिच निकै चर्काचर्की चलेको छ । नेपाली काँग्रेसले सामाजिक सञ्जाल मात्र नभई सार्वजनिक मञ्च बाट नै खुलेर बिरोध गरीरहेको पाईएको छ । भाटले भने पाटिका आधारमा कसैलाई भेदभाव नगरेको वताएको छ । प्रेश युनियन बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।
काँग्रेसले चलाएको दोस्रो चरणको जनजागरण अभियानमा पनि सत्तापत्त सँगै डिएसपी भाट र प्रहरीको गतिबिधि बारे काँग्रेस केही नेता खनिएका थिए । सामाजिक सञ्जालमा नेपाली काँग्रेसका नेता कार्यक्रता देखी जनप्रतिनिधि र डिएसपी बिचमा दोहोरी चलेको छ । नेपाली काँग्रेसले डिएसपी भाटलाई नेकपाको प्रचार गरीरहेको आफुहरुलाई असहयोग गरिरहेको भनिरहेका छन् । जे नेकपाले भन्यो त्यहि गरिरहेका आरोप लागएको छ ।
अर्को बिप्लव भनेर समात्ने नेकपा बनाएर बाहिर निकाल्ने जस्ता आरोप समेत काँग्रेसले सार्वजनिक रुपमा लगाएको छ । पछिल्लो समयमा यसरी सामाजिक सञ्जालमा सुरक्षा निकाय, जनप्रतिनिधि र पाटि सँगको दोहोरीले विवाद उत्पन्न भएको देखाउँछ । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपानेले भने यस्तो नहुनु पर्ने हो, के रहेछ, बुझेर बताउने वताएका छन् । यस्ता गतिबिधिले शान्ति सुरक्षा लगायत अन्य सवालमा असर पर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार