शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • एएफसी यु–१६ : ४ खेलमा १५ गोल खाएर नेपालले यात्रा समाप्त

एएफसी यु–१६ : ४ खेलमा १५ गोल खाएर नेपालले यात्रा समाप्त

  • सोमवार, अशोज ६, २०७६
एएफसी यु–१६ : ४ खेलमा १५ गोल खाएर नेपालले यात्रा समाप्त

काठमाडौं , ६ असोज ।

जोर्डनमा भएको एएफसी यु–१६ प्रतियोगिताको छनोट खेलमा नेपालले चार खेलमा १५ गोल खाएको छ। पाँच टिम सहभागी छनोटको समूह ‘ए’ मा नेपालले चार मध्ये दुई खेलमा हार बेहोर्‍यो भने १ खेलमा जित र १ खेलमा बराबरी खेल्यो।

नेपाल पहिलो खेलमा आयोजक जोर्डनसँग ७–० को बराबरी अन्तरले पराजित भएको थियो।दोस्रो खेलमा भने नेपालले कुवेतलाई १–१ को बराबरीमा रोक्न सफल भयो। नेपालका लागि दिपेश राईले गोल गरे पनि कुवेतले अन्तिम मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो।

नेपाल तेस्रो खेलमा पनि फराकिलो अन्तरले पराजित भयो। तेस्रो खेलमा नेपालमाथि ताजकिस्तानले ७–० कै जित हात पारेको थियो।अन्तिम खेलमा जित सान्त्वाना जित निकाल्ने क्रममा नेपालले श्रीलंकालाई ३–० ले हरायो।

नेपालले चार खेलमा १५ गोल खादा ४ गोल गर्न सक्यो।समूहमा चौथो भएको नेपालले चार अंक जोड्यो। चारै खेलमा जित निकालेको ताजकिस्तान १२ अंक जोडेर छनोट भयो।दक्षिण एसियामा एएफसी यु–१६ मा पुग्ने भारत एक्लो टिम बन्यो। उसले समूह बीबाट विजेताको रुपमा सन् २०२० मा हुने प्रतियोगितामा स्थान पक्का गरेको हो।

चर्चामा

सम्बन्धित समाचार