शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मोरङ्गमा आफ्नो लौनो गाई म*रेपछि गाईको काजक्रिया गर्ने हेमलाल पौडेल !

मोरङ्गमा आफ्नो लौनो गाई म*रेपछि गाईको काजक्रिया गर्ने हेमलाल पौडेल !

  • आइतवार, अशोज ५, २०७६
मोरङ्गमा आफ्नो लौनो गाई म*रेपछि गाईको काजक्रिया गर्ने हेमलाल पौडेल !

आफुले पालेको लौनो गाई म*रेपछि मोरङ्ग मिक्लाजुङ्ग ३ टाँडिका किसानले गाईको काजक्रिया गरेका छन्। मिक्लाजुङ्ग ३ का हेमलाल पौडेलको घरमा पालिएको होलस्टेन जातको गाई व्याएको आठ दिनका दिन मरे पछि हिन्दु संस्कार अनुसार तिन दिन सम्म काजक्रिया गरीएको हो ।

गाई पालक किसानका सहोदर जेठा दाजु माधब प्रसाद पौडेललेले काजक्रिया गरेका छन । गएको असोज २ गते विहीबार राति गाई म*रेको र धार्मिक संस्कार अनुसार आज काम सकिएको छ ।

हिन्दु धर्म अनुसार गाई लक्ष्मि माताको रुपामा रहेको र आफुले पालेको लौनो गाई म*रेपछि तिन दिन काजक्रीया गरीएको किसान पंडित हेमलाल पौडेलले जानकारी दिए ।

“गाई दाम्लो भन्दा बाहिर रहेको बेलामा म*र्यो यदी दाम्लो लगाएकै बेलामा मरेको भए दश दिन सम्मै काम गर्नु पथ्र्यो पौडेलले भने । ब्याएको आठ दिनको दिन गाई म*रे पछि अहिले बाछोलाई भैसीको दुध खुवाई राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार