बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ज्यान मारा मदिरा

ज्यान मारा मदिरा

मदिरा सेवनले अकालमै ज्यान गुमाउदै बजुरेली

  • शनिबार, अशोज ४, २०७६
ज्यान मारा मदिरा

प्रकाश सिंह
बाजुरामा मदिरा सेवनका कारणले झै झगडा मात्र नभई धेरैको अकालमै ज्यान नै जाने गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराको तथ्याङ्कमा मात्र २०७१ साल देखी हाल सम्म मदिरा सेवनका कारणले १० जनाको ज्यान गएको जनाएको छ ।
गाँउमा त केलाएर खोज्ने हो भने मदिरा सेवनका कारणले अझ धेरै मृतकको संख्या होला, तर जिल्ला प्रहरी कार्यलय बाजुराले जिल्ला अस्पतालमा पोष्टमार्टमा लागि आएको घटनाको रेकर्डले त ५ बर्षमा १० जनाको मृत्यु भएको जनाएको छ । कुनै घटना त मदिरा सेवनका कारणले मृत्यु भएको जानकारी नै आउने प्रहरीले जनाएको छ । प्रहरीको रेकर्डमा रहेका २४ बर्ष देखी ४८ उमेर समुहका रहेका छन् ।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका २ बस्ने २४ बर्षका खेम बहादुर दर्लामि मगर, वडा नम्बर ६ का ३५ बर्षका बल बहादुर दानी र वडा नम्बर ९ का २४ बर्षका जनक बिष्ट रहेका छन् । त्यस्तै गौमुल गाँउपालिका ३ का ३९ बर्षका बिशाल रोकाया, वडा नम्बर ४ का २५ बर्षका गणेश रोकाया र सोही गाँउपालिका २ का ३५ बर्षका गोरख रोकाया रहेका छन् । बुढिन्नदा नगरपालिका १० का ३२ बर्षका लेखराज प्रजापती, स्वामिकार्तिक खापर गाँउपालिका ६ का ३० बर्षका मोहनजंग शाहि, खप्तडछेडेदह गाँउपालिका ५ का ३७ बर्षका भबै रावत र जगन्नाथ गाँउपालिका १ का ४८ बर्षका राजेन्द्र शार्की रहेका छन् ।
यी त जिल्ला प्रहरी कार्यलय बाजुरामा आएको तथ्याकं मात्र हो, गाँउ अझ धेरैले ज्यान गुमाउदै आएका छन् । बुढिन्नदा नगरपालिका ६ कोटिलका पलिमान आउजीको मदिरा कारणले सात महिना पहिला मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यलयको तथ्यांकमा उल्लेख नभएपनि पलिमान मदिरा सेवन गरेर स्थानिय मेला हेर्न गएका थिए बाटोमा मृत्यु भएको अबस्थामा फेला परेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् । भण्डारीले भने मदिरा सेवनले धेरैले अकालमै ज्यान गुमाउदै आएका छन्, केही प्रहरीको तथ्याकंमा आएको भएपनि धेरै भने मदिराका कारणले मरेको तथ्याकंमा नआउने गरेको वताए ।
मदिरा सेवनका कारणले आर्थिक हानि मात्र नभई ज्यान समेत गइरहेको छ । अपराधि घटना र झै झगडा पनि अधिकांश मदिराको सेवनका कारणले हुने गरेको छ । प्रहरीकोमा २०७१ साल यता खप्तडछेडेदह गाँउपालिका १ जना मदिरा सेवनका कारणले मृत्यु भएको भएपनि दुई बर्ष यता मात्र ३ जनाको मृत्यु भइसकेको वडा अध्यक्ष दिपक रावतले वताए, मदिरा सेवन गरेर भिर बाट लडेर मृत्यु समेत हुने गरेका उनले वताए । गाँउमा घरमा खानलाई हुदैन तर दैनिक मदिरा भने खाइरहने समाज रहेको उनले वताए ।
बाजुरा जिल्ला गरिबि जिल्ला पहिचान सँगै मदिरा धेरै बिक्रि हुने जिल्लाका रुपमा समेत चिनिन थालेको छ । सधै खाद्यन्न संकटको रुपमा मार खेपिरहने बाजुरामा एक महिनामा २ करोड भन्दा बढिको मदिरा कारोवार हुने गरेको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ । अभाब गरिबि भएको जिल्ला बाजुरामा भएपनि २ करोड भन्दा बढि मुल्यको मदिरा सेवन गर्ने गरेको पाईएको छ ।a

चर्चामा

सम्बन्धित समाचार