मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • डेंगुबाट ६ जनाको मृत्यु : ६७ जिल्लाका ७,३७० संक्रमित

डेंगुबाट ६ जनाको मृत्यु : ६७ जिल्लाका ७,३७० संक्रमित

  • बिहिबार, अशोज २, २०७६
डेंगुबाट ६ जनाको मृत्यु : ६७ जिल्लाका ७,३७० संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ ।

गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १(१ जना गरी ६ जनाको ज्यान गएको जनाएको हो । पछिल्लो तथ्यांक अनुसार डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिए महाशाखाले जनाएको छ । जहाँ ९५६ जना संक्रमित छन् ।

प्रदेश १ को सुनसरी र झामा सवैभन्दा बढी प्रभावित भएका छन् । झापामा ३९७ र सुनसरीमा ३८२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश २ का ८ जिल्लामा डेंगुको संक्रमण फैलिएको र ६२ जना संक्रमित रहेको जनाएको छ । प्रदेश ३ मा सबैभन्दा बढी डेंगुको संक्रमण फैलिएको छ । प्रदेश ३ का १३ जिल्लामा संक्रमण फैलिएको र ३ हजार ९ सय २९ जना डेंगुबाट सक्रिमित रहेको उल्लेख छ ।

प्रदेश ३ को काठमाडौंमा सवैभन्दा बढी १ हजार ३ सय ३१ जना संक्रमित छन् भने चितवनमा १ हजार २ सय ३७ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशका १० जिल्लामा डेंगुको संक्रमण फैलिएको र १ हजार ९ सय ६४ जना संक्रमित रहेको उल्लेख छ । प्रदेश ५ का ११ जिल्लाका ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूर पश्चिम प्रदेशमा ५२ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाको तथ्यांक

डेंगु जटिल रोग होइन– चिकित्सक

त्यसो त डेंगु रोग नियन्त्रण गर्नै नसक्ने जटिक प्रकारको रोग भने होइन । तर सरकारको कमजोरीले डेंगु रोग भयावह बनेको चिकित्सहरुको आरोप छ ।

डेंगुरोग शुरु हुँदैमा नियन्त्रणको प्रयास नगर्दा देशभर यो रोग फैलिएको चिकित्सहरु बताउँछन् ।

‘सरकारले रोग लाग्नुअघि नै अघिल्ला वर्षमा देखिएको प्रकोपको अवस्था अनुसार त्यस क्षेत्रमा सचेतनाको अभियान चलाउनुपर्ने हुन्थ्यो,’ एक जना चिकित्सकले भने, ‘रोग नियन्त्रण बाहिर आएपछि खोजी र नष्ट गर्ने भनेर एकदिन मात्रै धुँवा छरेर कसरी नष्ट हुन्छ ?

चर्चामा

सम्बन्धित समाचार