शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • डोटीको जोरायलमा श्रीमान र ससुराद्वारा मरणासन्न हुनेगरी कुटपिट

डोटीको जोरायलमा श्रीमान र ससुराद्वारा मरणासन्न हुनेगरी कुटपिट

  • बुधबार, अशोज १, २०७६
डोटीको जोरायलमा श्रीमान र ससुराद्वारा मरणासन्न हुनेगरी कुटपिट

डोटीको जोरायलमा एक महिलामाथि मरणासन्न हुनेगरी कुटपिट भएको छ। जोरायल गाउँपालिका वडा नम्वर २ कि भागरथी ऐरमाथि उनकै श्रीमान र ससुराले मरणासन्न हुने गरि कुटपिट गरेका हुन्। भागरथीका श्रीमान बिरेन्द्र ऐर र ससुरा हुकुम ऐरले बारीमा लगाएको मकै किन खाएको भन्दै कुटपिट गरेका हुन्।

‘घर नजिकै रहेको बारीबाट बच्चालाई मकै खुवानका लागि ल्याउँदा श्रीमानले किन खाएको भन्दै कुट्न सुरु गरे,’ पीडित ऐरले भनिन्, ‘पछि श्रीमानसंगै ससुराले पनि कुटपिट गरे।’ श्रीमान र ससुराले हातखुट्टा बाधेर समेत कुटपिट गरेको उनले बताईन्। सासु बिमला ऐर, जेठाजु भीम बहादुर ऐर, भतिजी तारा ऐर र जेठानी नन्दा ऐरले पनि कुटपिट गर्न सघाएको आरोप उनको छ।

 

उनको भदौ २६ गतेदेखि नै अत्तरिया स्थीत पदमा अस्पतालमा उपचार भईरहेको छ। ईलाका प्रहरी कार्यालय बुडरले कुटपिट भएकै दिन उनलाई उपचारका लागि पदमा अस्पताल पुगाएको थियो।

ईलाका प्रहरी बुडरका प्रहरी नायव निरिक्षक कर्ण वहादुर रौलेले मंगलवार मात्रै कार्यालयमा पीडितको तर्फबाट ठाडो उजुरी आएको बताए। ‘कुटपिट गरेकै दिन भागरथीका श्रीमानलाई पक्राउ गरेका थियौँ,’ प्रहरी नायव निरिक्षक रौलेले भने, ‘उजुरी नै नपरेपछि दोश्रो दिन नै छोड्न बाध्य भएका थियौँ।’

ईलाका प्रहरी कार्यालय बुडरमा सामान्य ठाडो निवेदन मात्रै दर्ता हुने भएकोले आज पीडितका आफन्त उजुरी दर्ताका लागि जिल्ला प्रहरी कार्यालय डोटी पुगेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसारको पीडितको उजुरी आईसकेको छ भने दर्ता प्रक्रिया चलिरहेको छ।

उनीमाथि यसअघि पनि कैलालीमा पनि कुटपिट भएको थियो। धनगढीको बोराडाँडीमा समेत उनको घर छ। बोराडाँडीमा बस्ने क्रममा उनीमाथि कुटपिट भएपछि ओरेक नेपालले उद्धार गरेको थियो। पछि समझदारी भएपछि उनी घर फर्किएकी थिईन्।

उनका श्रीमान अधिकासं समय वुडरमा आमाबुवासंग बस्ने र जोरायल गाउँपालिका वडा नम्वर २ स्थीत घरमा गएपछि श्रीमतीमाथि कुटपिट गर्ने गर्दै आएको समेत भागरथीका माईती पक्षले आरोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार