शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बझाङ विकासको समीक्षा : तीब्बत नाका खोल्नेदेखि जडिबुटी प्रशोधनसम्म

बझाङ विकासको समीक्षा : तीब्बत नाका खोल्नेदेखि जडिबुटी प्रशोधनसम्म

  • बुधबार, अशोज १, २०७६
बझाङ विकासको समीक्षा : तीब्बत नाका खोल्नेदेखि जडिबुटी प्रशोधनसम्म

बझाङ : बझाङ जिल्लाको समग्र विकासबारे छलफल भएको छ ।जिल्ला समन्वय समिति बझाङले मंगलबार आयोजना गरेको तेस्रो जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीमा बझाङको समग्र विकासबारे समीक्षा तथा छलफल भएको हो।

जिल्ला सभामा सहभागीले तीन तहको सरकारबाट हुनेगरे गतिविधिको उपलब्धी र जिल्लाका समस्याका बारेमा समीक्षा गरेका छन्। सभामा बोल्ने नेता तथा जनप्रतिनिधिले आफूले गरेका कामको बारेमा जानकारी दिँदै जिल्लाका साझा समस्याका बारेमा सबैको एकता र सहयोग हुनुपर्नेमा जोड दिए।

स्थानीय तहको स्रोत साधनबाट हुने योजना कार्यक्रम स्थानीय तहले सम्बोधन गर्ने र ठूला योजना प्रदेश र संघ सरकारमा माग गरी सम्पन्न गर्ने नेताहरुले प्रतिवद्धता गरेका छन्। जिल्ला सभामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारबाट प्रदेश सरकारले गर्नसक्ने योजना आफूहरु गर्न तयार रहेको बताउँदै यसका लागि स्थानीय तह र प्रदेशको समन्वय हुनुपर्नेमा जोड दिए। उनले भने,’ प्रदेश सरकारले प्रदेशको विकासका लागि योजना खाका बनाएको बताउँदै स्थानीय तहले पनि जनताको प्रत्यक्ष फाइदा हुने गरी योजना कार्यक्रम बिनियोजन गर्नुपर्ने धारणा राखे।

बझाङ जिल्लामा विद्युतको राम्रो सम्भावना भएकाले विद्युत उत्पादन साथै कृषि व्यवसायिकरणलाई अगाडि बढाउनुपर्नेमा मुख्यमन्त्री भट्टले जोड दिए। जिल्लाको विकासका लागि तिब्बतको नाका खोल्नु पर्ने, जडिबुटीका प्रशोधन गर्नुपर्ने, पर्यटकीय क्षेत्रको संरक्षण सम्वद्र्धन गर्नु पर्नेमा छलफल भएको थियो । साथै स्थानीय तहमा स्रोत साधनमा दुरुपयोग भएको औल्याउँदै वक्ताहरुले जनप्रतिनिधिलाई जवाफदेही हुन सुझाव दिए।

दुई दिनसम्म चल्ने तेस्रो जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीमा दुई नगरपालिका र १० वटा गाउँपालिकाले  आर्थिक वर्ष ०७५/०७६ मा संञ्चालन भएको योजना कार्यक्रमको प्रगति र भावी योजनासहित समस्याका बारेमा जानकारी दिनेछन् ।

चर्चामा

सम्बन्धित समाचार