बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ
  • असोज १० गतेबाट दशैंका लागि नयाँ नोट

असोज १० गतेबाट दशैंका लागि नयाँ नोट

  • मङ्लबार, भदौ ३१, २०७६
असोज १० गतेबाट दशैंका लागि नयाँ नोट

दसैँ र तिहारका लागि राष्ट्र बैङ्कले असोज १० गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैङ्कले जनाएको छ ।

बैङ्क तथा वित्तिय संस्थालाई भने असोज पहिलो साताबाटै नै नयाँ नोट वितरण गरिने राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले असोज १० गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने तर कुनकुन बैङ्कबाट नयाँ नोट वितरण गर्ने भन्ने निक्र्योल भइनसकेको जानकारी दिए ।

उनका अनुसार यो वर्ष १३ देखि १४ अर्व बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैङ्कको तयारी छ । त्यसमध्ये २ अर्व बराबरका खुद्रा नोट वितरण गरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार