शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • जोशी र बिष्टले रगतदान गरेर ५६ बर्षिया बृद्धको ज्यान बचाए

जोशी र बिष्टले रगतदान गरेर ५६ बर्षिया बृद्धको ज्यान बचाए

  • सोमवार, भदौ ३०, २०७६
जोशी र बिष्टले रगतदान गरेर ५६ बर्षिया बृद्धको ज्यान बचाए

देबराज पाध्याय
बाजुरा ३० भदौ
प्रकाश ब. बिष्ट र गणेश राज जोशीले रगत दिएर ५६ बर्षीया बृद्धको ज्यान जोगाएका छन् । जिल्ला अस्पतालमा रगत नपाएर ब्याडमा छटपटाइ रहेका बडिमालिका वडा न.९ का ५६ बर्षिया रंग बहादुर थापा लाई बि पोजेटीब रगतको आबस्यकता परेको थियो । दुबै जनाले रगत दिएर ज्यान जोगाइदिएका हुन । बडिमालिका नगरपालकिा वडा न. ९ चौराटाका प्रकाश बहादुर बिष्टले एक प्वाइन्ट रगत २८ गते दिएका थिए त्यसै गरी एक प्वाइनट रगत त्रिवेणी बचत तथा ऋणसहकारी संस्था लि. साना जल बिद्युत केन्द्रका सव ओभरसियर गणेश राज जोशीले दिएका छन् । ति दुबैजनाको रगत दिए पछी थापाको ज्यान बचाउनमा सहज भइएको जिल्ला अस्पतालका डाक्टर रुपचन्द्र बि.कले बताएका छन् । एक दिनमा एक प्वाईन्ट रगत मात्र चढाउन मिल्ने भएकोले जोशीलाइ २९ गते बोलाएको डाक्टर बिकले बताए ।
थापालाई दुई प्वान्ट रगत आबस्यक परेको जिल्ला अस्पतालका निमित्त ल्याब इन्चार्ज मोहन चौधरीले बताएका छन् । साथै जिल्लामा व्लट बैक नभएकोले बिरामीलाई सहजै रगत पाउनमा असहज भएकोे चौधरीले बताएका छन् । नेपाल रेडक्रस बाजुरा शाखाले रगत दिन चाहनेको नाम लिस्ट राखेको भएता पनि सो ब्यक्ती प्राय जसो जिल्ला बाहिर मोबाइल नम्बर नलाग्ने भएकाले रगत लिन समस्या भएको बताइएको छन् । चौधरीका अनुसार अझैपनी रगत दिन चाहनेले नेपाल रेडक्रस बाजुरा शाखामा गइ नाम दर्ता गराइ सहयोग गरी दिन अनुरोध समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार