बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाढीले बस्ती र खेतियोग्य जमिन जोखिममा ।

बाढीले बस्ती र खेतियोग्य जमिन जोखिममा ।

  • आइतवार, भदौ २९, २०७६
बाढीले बस्ती र खेतियोग्य जमिन जोखिममा ।
क्याप्सनः बाउली र गडखेत खोलाले कटान गरेको गडखेतको खेतीयोग्य जमिन । फोटोः संगिता तिमिल्सेना

संगीता तिमिल्सेना

बाजुरा २९ भदौ । बडिमालिका नगरपािलका वडा नं ८ गडखेतमा बाउली खोला नदिले दिनानुदिन कटान गर्दै गएको छ । टोलको नजिकै रहेको बाउली खोला र खारगाड पानी परेको दिन एक्कासी बढ्न थालेपछि खेतीयोग्य जमिन कटान गर्न थालेको हो । खोलामा बाढी आउन थालेपछी त्यहाँका स्थानियहर रातभर नसुती जाग्राम बस्ने गरेका स्थानिय विरेन्द्र ऐडीले बताए ।

यहाँका स्थानियलाई एकातिर घरसंगै आफुलाई बगाउने चिन्ता छ भने अर्कोतिर जीवीकोपार्जनका लागि लगाएको बाली सहितको जग्गा बगाउने चिन्ता रहेको वडा सदस्य नगरबहादुर ऐडीले बताउनुभयो । गडखेतमा त्यहाँका स्थानियको मात्र नभइृ वडा नं ८ र ९ का बासिन्दाहरुको पनि जग्गा रहेको तर खोलाले कटान गर्न थालेपछी आधा जतीनै खेतीयोग्य जमिन बगाइसकेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव तथा वडा नं ९ का स्थानिय प्रेम विकले बताउनुभएको छ ।

जाेखीम माेलेर दाउरा स‍कलन 

खोलोसंगै आएको बाढीले गडखेतका घरसम्मै दाउरा पुगाएको छ । अहिले आफु जोखिममा भएपनि स्थानियहरु घरको जंगलबाट खोलाले घरको आगनै ल्याएका दाउरा जम्मा गर्नमा व्यस्त छन् । खोलो नआएर दाउरामात्र आएभने त सजिलो हुन्थ्यो तर खोलोले पिडामा पारेको स्थानिय महिलाहरुको भनाई छ । बाढीसंगै खोलाले जंगलका मुडाहरु बगाएर ल्याउने र आफुहरुले वर्षेनी यसैगरी जम्म गरेर हिउ“दमा दाउरा बाल्ने गरेको स्थानिय महिलाहरुले बताएका छन् । घरमै दाउरा आएपछि आफुहरुलाई पनि जंगल जान सहज हुने उनीहरुको भनाई रहेको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमन

शनिबार बाढी प्रभावित क्षेत्रको अनुगमन गरिएको छ । शुक्रबार राती अविरल वर्षापछी आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछी प्रभावित क्षेत्रको जिल्ला प्रहरी कार्यालय बाजुरा र वडिमालिका नगरपािलकाले अनुगमन गरेको हो । बाढीले दिनानुदिन जग्गा कटान गर्दै भोकमरीको संकटमा पारेकोले क्षती अनुसारको राहात दिनका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख जनक ढुंगानाले पिडीतलाई आग्रह गरे ।

अनुगमनमा संग्लग्न वडिमालिका नगरपलिकाका उपप्रमुख कविता विष्टले प्रहरीद्धारा क्षती भएवाफतको मुचुुल्का गर्न स्थानिय बाढी पिडीतलाई आग्रह गर्दै मुचुल्का अनुसारको नगरपािलकाले राहात प्रदान गर्ने बताएउनुभएको छ । साथै उनले अहिले वर्षाको समय भएकोले खोलालाई व्यवस्थित गर्न असहज भएको र आगामी दिनमा सम्भव भएसम्म तलदेखि माथी सम्म तटबन्दनको व्यवस्था नगरपािलकाले गर्ने र थप व्यवस्थापनको लागि प्रदेश र संघसंग समन्वय भैरहेको बताएकी छन् ।

 

चर्चामा

सम्बन्धित समाचार