• होमपेज
  • बाजुरा बिशेष
  • विप्लव समुहका बाजुरा सह सेक्रेटरी गिरफ्तार

विप्लव समुहका बाजुरा सह सेक्रेटरी गिरफ्तार

  • शुक्रबार, भदौ २७, २०७६
विप्लव समुहका बाजुरा सह सेक्रेटरी गिरफ्तार

बडिमालिका समाचार
बाजुरा २७ भदौ । जिल्ला प्रहरी कार्यले बाजुराले नेत्रविक्रम चन्द ‘विप्लव’ समूह बाजुराका सह सेक्रेटरी वर्ष ५० का दानबहादुर खड्का (किसोर)लाई गिरफ्तार गरेको छ ।
खड्कालाई शुक्रबार दिउसो बुढीगंगा नगरपालिकाको वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् ।
प्रहरी निरिक्षक ढुंगानाका अनुसार विप्लव समूहका जिल्ला सह–सेक्रेटरी खड्काले गाउँमा विप्वल समूहको संगठन विस्तार र संगठनका गतिविधि बारे प्रचार प्रसार गर्दै गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताएको छ । पक्राउ परेका विप्लव समूहका खड्कालाई जिल्ला प्रहरी कार्यलयमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार