बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • २०२२ विश्वकप छनोट : चाइनिज ताइपेइमाथि नेपालको शानदार जित

२०२२ विश्वकप छनोट : चाइनिज ताइपेइमाथि नेपालको शानदार जित

  • बिहिबार, भदौ २६, २०७६
२०२२ विश्वकप छनोट : चाइनिज ताइपेइमाथि नेपालको शानदार जित

काठमाडौं : सन् २०२२ को विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरको जित निकालेको हो।

ताइपेइको घरेलु मैदानमा भएको खेलमा नेपालले सुरुवातमै गोल गर्दै दबाब सिर्जना गरेको थियो। नेपालका लागि अन्जन बिष्टले खेलको तेस्रो मिनेटमा गोल गरे।

पहिलो हाफसम्म १-० ले अघि रहेको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको हो। दोस्रो गोल पनि अन्जन बिष्टले नै गरेका थिए। उनले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

नेपालभन्दा फिफा वरीयतामा बलियो टिम ताइपेइसँग यसअघि नेपालले १-१ गोलको बराबरी खेलेको थियो। ताइपेई १२५औं स्थानमा छ भने नेपाल १६६औं स्थानमा रहेको छ। यी दुई टोलीबीच यसै वर्षको जुनमा पहिलो पटक मैत्रीपूर्ण खेल भएको थियो।

‘होम एन्ड अवे’ का आधारमा हुने एसियाली देशको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘बी’ परेको छ। यस समूहमा नेपालसहित कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ।

चर्चामा

सम्बन्धित समाचार