• होमपेज
  • बाजुरा बिशेष
  • दुधे बालक बोकेर चामल लिन आएकि महिला निराश बनेर फिर्ता (भिडियाे सहित)

दुधे बालक बोकेर चामल लिन आएकि महिला निराश बनेर फिर्ता (भिडियाे सहित)

कवाडी डिपोमा चामल नहुँदा गाँउमा खाद्य संकट

  • बुधबार, भदौ २५, २०७६
दुधे बालक बोकेर चामल लिन आएकि महिला निराश बनेर फिर्ता (भिडियाे सहित)

प्रकाश सिंह/लक्ष्मिराज पाध्याय
हिमाली गाँउपालिका २ कोटि गाँउकि ललिता बोहोरा १० महिनाकि छोरी बोकेर कवाडी डिपोमा चालम किन्न आईन् । दुधे छोरि काखमा बोकेर डेढ दिन लगाएर डिपोमा त पुगिन्, तर चामल नपाएपछि उनि निराशा बनिन् ।
ललिताका श्रीमान गाँईबस्तु लिएर लेक तिर छन् । उनको घरमा नौ जना परिवार छ, गाँउको सहकारी बाट रिन काढेर चामल किन्न आईन्, तर उनलाई डिपोमा चामल नभएको जानकारी समेत थिएन्, । डिपोमा चामल नपाएपछि स्थानिय बजार बाट प्रतिकेजी ८५ पढने गरि थोरै चामल लिएर फिर्ता भईन् ।
ललिता मात्र हैन्, उनकै गाँउकि कोपीला बोहोरा पनि डेढ बर्षकि छोरी बोकेर चामल किन्न आईन् । डिपोमा चामल नपाँउदा निराशा मात्र बनिन्न्, राज्य प्रति निकै आक्रोसित बनिन् । पुरुष जति केहि कामका लागि भारत र भएका पनि गाईबस्तु लिएर लेख तिर गएपछि महिलाहरु चामल किन्न कवाडी आँउछन्, तर चामल नपाउने गरेको हिमाली गाँउपालिका ३ का अध्यक्ष ध्यान बहादुर रोकायाले वताए ।
बाजुराको सबै भन्दा बढि खाद्य संकट र सडक भन्दा निकै टाढा रहेको हिमाली गाँउपालिका हो । हिमाली गाँउपालिकाको कवाडी डिपोमा असार यता एकदान चामल नआएपछि गाँउमा खाद्य संकट रहेको स्थानिय पर्वलाल बुडथापाले बताए । दशै सम्म चामल नआए चरम खाद्य संकट हुने वताएका छन् । बर्षातको समयमा जोखिम मोलेर बच्चा बोक्दै चामल किन्न डिपोमा पुग्यौ, तर चामल छैन्, सरकारलेनै बेवास्ता गरेको नानी बोहोराले वताईन् ।
हिमाली गाँउपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको जनक रोकायाले वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ । हिमाली गाँउपालिका ४ कवाडीमा डिपोबाट बिच्छँयाका गाँउहरुमा पुग्ने २ दिन सम्म लाग्ने गरेको छ ।
खााद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले भने कवाडी डिपोका लागि ३५ सय कुन्टलको टेन्डर गरिसकेको केही दिनमा सम्झौता भएर चामल जाने वताए । सुर्खेत खाद्य संस्थान बाट ९ सय, धनगढी संस्थान बाट ९ सय, मार्तडी बाट ९ र कोल्टि डिपो बाट ८ सय कुन्टल ढुवानी अनुदानका लागि टेन्डर गरिएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार